ट्रकमा बस ठोक्किदा दुईको मृत्यु, ६ घाइते

१३ साउन, दाङ । दाङमा रोकी राखेको ट्रकमा यात्रुवहाक बस ठोक्किदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । काठमाण्डौबाट धनगढीका लागि छुटेको ना ४ ख ३९८१ नम्बरको यात्रुवाहक बस सतबरीया-९ बाङगेसालमा रोकि राखेको लु १ ख ६४६९ नम्बरको ट्रकमा आइतवार विहान ठोक्किदा बसका सहचालकको घटनास्थलमै र अन्य एक जना यात्रुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दुर्घटनामा परि यात्रु कैलाली प्रतापपुर-४ का १८ बर्षीया अल्का चौधरीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्युभएको प्रहरीले जनाएको छ । घटनास्थलमै ज्यान गएका बसका सहचालकको भने नाम ठेगाना खुल्न नसकेको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सागर बोहोराले जानकारी दिनुभययो ।

घाइते ६ जनाकै कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये निमा बुढा र साबित्री आचार्यको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बस र बसका चालकलाई इलाका प्रहरी कार्यालय अमिलियाले नियन्त्रणमा लिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.