निर्वस्त्र युवतीहरुको जिउबाट बन्यो कार !!! (भिडियो सहित)
१३ जना निर्वस्त्र तरुनी मोडेलहरु आपसमा टाँसिएर कार बनाएका छन् । युवतीहरु निर्वस्त्र छन्, सरीरमा रंग पोतेर एक अर्कामा टाँसिएर कारको आकारमा ढालिएका छन् । उनीहरुको जिउमा कारका विभिन्न भाग झल्काउने गरी दुरुस्तै रंग तथा आकृति पोतिएकाले त्यो कुनै मान्छेको थुप्रो हो भन्ने कुरा पत्याउनै गाह्रो हुन्छ र देख्दा दुरुस्तै कारजस्तै देखिन्छ । कारका पांग्रा तथा बडीको सबै भाग दुरुस्तै छ ।
तर वास्तवमा यो कुनै बनिबनाउ कार भने होइन । निर्वस्त्र युवतीबाट बनाइएको कारको मोडल हो । इटालीको एक मोटर कम्पनीले निर्माण गरेको नयाँ कार फियाट ५०० र्एबर्थको प्रचारका लागि यस्तो विज्ञापन तयार पारिएको हो । जसमा सोही नयाँ कारको मोडललाई प्रस्तुत गर्न १३ जना मोडेलहरुलाई नंग्याएर सरीरमा रंग पोतेर कारकै आकार प्रकारमा कलाकारले ढालेका हुन् ।
सरीरमा कालो तथा सेतो रंग पोतिएको छ युवतीका जिउमा । एक जना युवतीका नितम्बमा सेतो रंग पोतेर हेडलाइट जस्तो बनाइएको छ । साइडको ऐना कुनै साँच्चीकै ऐना नभइ एक जना मोडलको टाउकोमा रंग पोतिएको हो । हरेक पांग्रा एक एक जना मोडेलको रंग पोतिएको निर्वस्त्र जिउबाट बनेका छन् । निकै कलात्मक तथा अनौठो लाग्ने यो अनलाइन विज्ञापनको भिडियोलाई धेरैले मन पराएका छन् । भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
![]() |
0 comments
Write Down Your Responses