६९ वर्षमा सुत्केरी भएकी विश्वकै बुढी आमा भन्छिन्, छोरीको बिहे नगरी मर्दिन (फोटोफिचर सहित)

टेष्टटयुब प्रविधिबाट बच्चा पाएकी राजोदेवीले सुत्केरी हुने बेलामा झण्डै ज्यान गुमाइनन् । तर छोरी पाएपछि भने राजोदेवी दिन दिनै फर्ुर्तिलो हुँदै गइन् । अहिले ७४ वर्षउमेर पुगेकी राजोदेवीका अनुसार छोरी पाउनाले उनी झनै स्वस्थ, बलियो बनेकी छिन् र धेरै वर्षम्म बाँच्ने उनको आशा छ ।
यी वृद्धा आमाको एउटै इच्छा छ आफ्नी छोरी नवीनको बिहे देख्ने । आफु छोरीको बिहे सम्म बाँच्ने उनको आशा छ ।
भारतको दर्ुगम हिसार गाउँकी बासिन्दा राजोदेवी श्रीमान बाल्लो र सौता उमीसँगै बसिन्छन् । छोरी नवीन आफुलाई इश्वरले दिएको उपहार भएको भन्दै उनले छोरीको बिहे नगरिदिँदा सम्म आफु नमर्ने दाबी गर्छिन् । छोरी नवीन १५ वर्षी भएपछि बिहे गरिदिने उनको योजना छ ।
बुढी आमाकी चुलबुले छोरी नविना आमालाई निकै माया गर्छिन् । बुवालाई भन्दा आमालाई बढि माया गर्ने उनी बताउँछिन् ।
उता नवीनकी सौतेनी आमा उमी पनि सौतेनी छोरीलाई कम माया गर्दिनन् । आफ्ना दिदी समेत रहेकी सौताको निधन भएपछि पनि आफुले छोरी नविनलाई आमाले जस्तै माया दिने उनी बताउँछिन् ।



![]() |
0 comments
Write Down Your Responses