मण्डेलाको स्वास्थ्यमा क्रमिक सुधार हुँदै

जोहानेस्बर्ग, श्रावण ३ - दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति एवम् विश्व प्रसिद्ध प्रजातन्त्रवादी नेता नेल्सन मण्डेलाको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको समाचारमा जनाइएको छ ।

दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाले बिहीबार सो जानकारी दिएका हुन् । उनले नेता मण्डेलाको स्वास्थ्यमा निकै ढिलोगरी सुधार भइरहेको जानकारी दिए ।

बिहीबार नेता मण्डेलाको ९५ औँ जन्मदिन हो । उनको जन्मदिनको शुभ अवसरमा उनीप्रति दक्षिण अफ्रिकी नागरिकले शुभकामना व्यक्त गरिरहेका छन् ।

राष्ट्रपति जुमाले भने, ‘मादिबा अहिले अस्पतालमा रहनुभएको छ र यस क्रममा उहाँप्रति हामी जन्मदिनको शुभकामना दिन चाहन्छौँ ।’ यस्तै दक्षिण अफ्रिकाको सरकारले नेता मण्डेलाको नियमित स्वास्थ्य बुलेटिन प्रकाशन गर्ने क्रममा बिहीबारको बुलेटिनमा पनि स्वास्थ्यमा सुधार आएको जनाएको छ ।

उक्त वक्तव्यमा भनिएको छ– हामीलाई यो निकै ठूलो खुशी छ कि हामीले आज नेता मण्डेलाको ९५ औँ जन्मदिन मनाइरहेका छौँ र हाम्रा आदरणीय अभिभावक नेता मण्डेलाको स्वास्थ्यमा पनि क्रमिक रुपमा सुधार भइरहेको छ ।

रङ्गभेदविरोधी आन्दोलनका अग्रणी नेता मण्डेलाको स्वास्थ्यको कामना गर्ने तथा अस्पतामा पुगेर उहाँको स्वास्थ्यको बारेमा चासो राख्ने सबै जनताप्रति राष्ट्रपति जुमाले धन्यवाद पनि दिएका छन् । 

नेता मण्डेलालाई प्रिटोरियाको अस्पतालमा राखिएको छ । फोक्सोमा सङ्क्रमण देखिएपछि उनलाई जुन ८ देखि सो अस्तालमा राखिएको हो । अस्पतालले पनि उनको स्वास्थ्यका बारेमा निरन्तर बुलेटिन प्रकाशन गरिरहेको छ । 

पञ्चानब्बे वर्षीय मण्डेलाले गतवर्षदेखि फोक्सोको सङ्क्रमणसँग सङ्घर्ष गरिरहेका छन् । यसपटक भने उनको स्वास्थ्य अवस्था थप नाजुक बनेको हो ।

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति मण्डेला रङ्गभेदविरोधी आन्दोलनका एक विश्वविख्यात योद्धा हन् । उनको स्वास्थ्य लाभको कामना गर्दै त्यहाँका नागरिकले प्रार्थना गरिरहेका छन् ।

उनी दक्षिण अफ्रिकामा राष्ट्रपिताका रुपमा सम्मानित छन् । । मण्डेलालाई अस्पतालमा राखिएकोले दक्षिण अफ्रिकाका राष्ट्रपति जुमाले पनि आफ्ना नियमित विदेश भ्रमणका कार्यक्रमहरु रद्द गरेका छन् । रासस/एएफपी

,

0 comments

Write Down Your Responses

Powered by Blogger.