सशस्त्र प्रहरी जवानले आफैँलाई गोली ठोके

१३ साउन, बाँके । बाँकेको कुसुमस्थित सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत एक प्रहरी जवानले आफूलाई गोली प्रहार गरी आत्महत्याको प्रयास गरेका छन् ।

इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक माधव श्रेष्ठका अनुसार, काममा खटिएका प्रहरी जवान सवीन्द्र थापाले शनिबार दिउँसो १ बजे आफूले बोकेको एसएलआर बन्दुकले आफ्नो छातीमा गोली हानेका हुन् ।

गोली लागी गम्भीर घाइते भएका थापाको चिन्ताजनक अवस्थामा कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

बागेश्वरी सशस्त्र प्रहरी गणअन्तर्गत सो बेस क्याम्पमा कार्यरत थापालाई एक महिनाअघि सहायक हवल्दारबाट घटुवा गरिएको थियो । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.