वैद्य नआएपनि मंसिर ४ मै निर्वाचन हुन्छ : सिंह
१५ साउन, काठमाण्डौ । नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले नेकपा-माओवादी लगायतका असन्तुष्ट दलहरु सहमतिमा नआएपनि निर्वाचन नरोकिने दाबी गर्नु भएको छ । नेकपा-माओवादी लगायतका दलहरुलाई सहमतिमा ल्याउने प्रयास भइरहेको भन्दै उहाँले सहमतिमा नआएपनि मंसिर ४ का लागि तोकिएको निर्वाचन नरोकिने वताउनुभयो ।
मंगलवार विहान आफ्नै निवासमा केही पत्रकारहरुसंग कुराकानी गर्दै सिंहले भन्नुभयो,’चुनावमा जानका लागि प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गरिएको हो । मुलुकमा संक्रमणकाल लम्ब्याउनु हुँदैन । त्यसैले निर्वाचन जसरी पनि मंसिर ४ मै गर्नुपर्छ ।’ उहाँले यो वा त्यो बहानामा अब निर्वाचन सार्नु नहुने वताउनुभयो । महामन्त्री सिंहले ०६२/६३ को जनआन्दोलनवाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न चुनाव अपरिहार्य रहेको वताउनुभयो ।
उहाँले गएको संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसले बुहमत नल्याएकै कारण संविधान नबनेकाले अब काँग्रेसलाई जिताउनु पर्ने वताउनुभयो । उहाँले भन्नुभयो,’काँग्रेसले फेरि पनि बहुमत ल्याएन भने लोकतान्त्रिक संविधान जारी हुँदैन । ‘ सिंहले अबको निर्वाचनमा काँग्रेसले क्षेत्र तथा जिल्लाको सिफारिसमा उम्मेदवारको टुंगो लगाउने वताउनुभयो । उहाँले महासमिति वैठकमा आएका सुझावलाई मनन गर्दै उपसभापति रामचन्द्र पौडेल संयोकत्वको समितिले राजनीतिक प्रतिवेदन तयार परेको र त्यसकै आधारमा चुनावी घोषणा पत्र तयार पारिने जानकारी दिनुभयो ।
0 comments
Write Down Your Responses