पाइन्टमै आची गरेपछि जेलको बास
मान्छेले दिसा गर्छ, अझ गर्नैपर्छ । तर कहिलेकाहीँ यो दिसा यति महंगो भैदिन्छ की जेलको हावा समेत खुवाउँछ । अमेरिकाका एक व्यक्तिले आफ्नो पाइन्टमा एक्कासी आची गरेपछि एक हप्तासम्म जेलको हावा खानु परेको छ । आफ्नै पाइन्टमा आची गर्यो तर उसलाई नै हानी हो । आखिर किन जेलमा कोच्नुपरेको होला ? भन्ने जिज्ञासा उठ्नु स्वभाविकै हो । तर कथा अर्कै छ ।
समाचार अनुसार अमेरिकाको मेइन क्षेत्रका बासिन्दा रोनाल्ड स्ट्रोंगले यस्तो सजाय भोग्नुपरेको हो । पोर्टल्याण्डको संघीय अदालतभित्र रहेकै बेला रोनाल्डले पाइन्टमै आची गरेका रहेछन् ।
पाइन्टमै दिसा चुहिएपछि उनले त्यहाँको बाथरुममा गएर सफा गर्ने क्रममा बाथरुममा फोहोर फ्याँकेको आरोप उनीमाथि लागेको थियो ।
समाचार अनुसार उनले बाथरुमको भुइँभरि दिसा गरेका थिए, भित्तामा समेत दिसा लागेको थियो र यत्रतत्र दिसा पुछेका ट्वाइलेट पेपर थिए ।
सोही आरोपमा उनलाई संघीय अदालतले ७ दिनको जेल सजाय सुनाएको थियो । संघीय अदालतको फैसला विरुद्ध उनी अमेरिकी पुनरावेदन सर्र्किट कोर्टमा अपिल गरेका थिए ।
तर पुनरावेदन अदालतले संघीय अदालतको फैसला सदर गरेपछि उनले सात दिन जेलको हावा खानुपर्ने भएको हो ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोलासमाचार अनुसार अमेरिकाको मेइन क्षेत्रका बासिन्दा रोनाल्ड स्ट्रोंगले यस्तो सजाय भोग्नुपरेको हो । पोर्टल्याण्डको संघीय अदालतभित्र रहेकै बेला रोनाल्डले पाइन्टमै आची गरेका रहेछन् ।
पाइन्टमै दिसा चुहिएपछि उनले त्यहाँको बाथरुममा गएर सफा गर्ने क्रममा बाथरुममा फोहोर फ्याँकेको आरोप उनीमाथि लागेको थियो ।
समाचार अनुसार उनले बाथरुमको भुइँभरि दिसा गरेका थिए, भित्तामा समेत दिसा लागेको थियो र यत्रतत्र दिसा पुछेका ट्वाइलेट पेपर थिए ।
सोही आरोपमा उनलाई संघीय अदालतले ७ दिनको जेल सजाय सुनाएको थियो । संघीय अदालतको फैसला विरुद्ध उनी अमेरिकी पुनरावेदन सर्र्किट कोर्टमा अपिल गरेका थिए ।
तर पुनरावेदन अदालतले संघीय अदालतको फैसला सदर गरेपछि उनले सात दिन जेलको हावा खानुपर्ने भएको हो ।
0 comments
Write Down Your Responses