राजावादीले बाबुराम भट्टराईको पुतला जलाए

लहान — पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकले सोमवार दिउँसो लहानमा एमाओवादी नेता तथा पूर्व प्रधानमन्त्री बावुराम भटराईको पुतला दहन गरेको छ। बाढी पीडितलाई राहत वितरण गर्ने पूर्वराजालाई जेल हाल्नुपर्ने अभिव्यक्ति विरोधमा राजावादीहरुले भटराईको पुतला दहन गरेका हुन्। विश्व हिन्दू परिषदका राष्ट्रिय उपाध्यक्ष सुशीलचन्द्र अधिकारीको संयोजकत्वमा निस्केको विरोध जुलुस नगरपरिक्रमा गरेको थियो। परिक्रमापछि जुलुसमा सहभागीहरुले भटराईको पुतला दहन गर्दै चर्का नारा लगाएका थिए। पूर्वराजालाई श्री ५ महाराजधिराज सम्बोधन गर्दै राजतन्त्र र राजाको पक्षमा नारबाजी गरिरहँदा सुरक्षाकर्मीले नाराबाजी रोक्न आग्रह गरेका थिए। जुलुसमा सहभागी राजावादीहरुले राजाको पक्षमा नारावाजी र श्री ५ महाराजाधिराज उच्चारण गर्न नछाडेपछि सुरक्षाकर्मी त्यसै फर्किएका थिए।

0 comments

Write Down Your Responses

Powered by Blogger.