वृद्धको शव नहरमा भेटियो
१५ साउन, मोरङ । मोरङको कसेनी गाविसस्थित चतराकोशी नहरमा आज विहान एक बृद्धको शव फेला परेको छ । बनिगामा ३ का ६० बर्षका कलकत्तु माझीको शव विहान साढे ६ बजे फेला परेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी घर जाँदा आइतबार बेलुका उनको परिवार संग झगडा भएको थियो । घरायसी झगडापछि सोही रात घर छाडेर हिडेका माझी सोमबार बेलुका सम्म घर नफर्किए पछि परिवारले खोजीकार्य सुरु गरेको थियो । यसै क्रममा आज विहान कसेनी-५ स्थित चतराकोशी नहरमा स्थानीयवासीले माझीको शव फेला पारेको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो ।
0 comments
Write Down Your Responses