एमालेले देशभरका कार्यालय बन्द गर्ने

१० साउन, काठमाण्डौं । नेकपा एमालेले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्मचार्यको निधनको शोकमा आज देशभरका कार्यालय बन्द गर्ने भएको छ । कर्माचार्यको निधनप्रति शोक व्यक्त गर्दै अध्यक्ष झलनाथ खनालले विज्ञप्ती जारी गरी पार्टीका तर्फबाट शोक मनाउने घोषणा गर्नुभएको हो ।

यस्तै एमालेले ३ दिनसम्म कुनैपनि औपचारिक कार्याक्रम नगर्ने र पाँच दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता कर्मचार्यको बुधबार उपचारका क्रममा मृत्यु भएको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.