तताउँदै गरेको दूधमा डुबेर बालकको मृत्यु

१० साउन, ताप्लेजुङ । तताउँदै गरेको दूधको भाँडोमा डुबेर ताप्लेजुङको फुङलिङ-५ मा एक बालकको ज्यान गएको छ ।

इलाम घर भई ताप्लेजुङको फुङलिङ-५ मा दूध डेरी सञ्चालन गर्दै आएका महेश अधिकारीका तीन वर्षका छोरा बल्लभ अधिकारीको उपचारका लागि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

मङ्गलबार दिउँसो खेल्दाखेल्दै अचानक तताउँदै गरेको दूधको भाँडोमा परेर शरीरको ९० प्रतिशत भाग जलेका उनलाई यहाँको अस्पतालले उपचार गर्न नसक्ने भन्दै धरान पठाएको थियो । बालकको घाँटीभन्दा मुनिको सबै भाग जलेको थियो । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.