के तपाईं लाई यौन सम्बन्धि समाचार पढ्न लाज लाग्छ ? तेसोभए यो पढ्नोस :
आवश्यकता र महत्व छुट्याउन नजान्दा र समयमा यौनबारे सहज शिक्षा नपाउँदा शहरी किशोर-किशोरी सेक्स गर्न हतारिएका छन्।यौनसम्बन्धी अत्यधिक उत्सुकता र चाहनाका कारण एक युवकले १२ वर्षको उमेरदेखि नै गाउँकी नातामा बहिनी पर्नेसँग करिब आठ वर्षसम्म यौनसम्बन्ध राखे। एउटै कक्षामा पढ्ने भएकाले पनि उनीहरूले पढ्ने बहानामा सम्बन्ध राख्ने गरेका थिए। अपरिपक्व उमेरमा रहेको असीमित यौन उत्सुकताका कारण उनीहरूले नजिकको नातालाई बिर्सेका थिए। उनीहरूको वास्तविकता समाजमा कहिल्यै बाहिर आएन। तर, उनीहरूको सम्बन्ध भने सुरक्षित थिएन भन्ने कुरा उनीहरू स्वयंले स्वीकार गरेका छन्। सानै उमेरदेखि आधुनिक प्रविधिसँग पहुँच बनाउन थालिसकेका आजका युवाले यौनलाई अत्यन्त हल्का रूपमा लिइदिँदा यसले विकृति समेत निम्त्याउन थालिसकेको छ। दश कक्षा पढ्दासम्म पनि गर्लफ्रेन्ड बनाउन नसक्नेहरूको साथीहरूमाझ इन्सल्ट हुने गरेको कक्षा ९ पढ्दै गरेका मुकेश बताउँछन्। 'हाम्रो ग्याङ ठूलै छ। सबैजसोका गर्लफ्रेन्ड पनि छन्। गर्लफ्रेन्ड नहुनेहरू ग्रुपमा कार्टुन हुन्छन्। गर्लफ्रेन्ड भएपछि किससिस हुनु त सामान्य भइ नै हाल्यो,' उनले भने। उनीहरूले सामान्य रूपमा लिएको 'किससिस' कक्षा १२ सम्म पुग्दा यौन सम्पर्कसम्म पुगिसकेको हुन्छ। कक्षा १२ मा पढ्दै गरेकी एक किशोरी कलेज ड्रेसमा नै गर्भपतनका लागि मेरी स्टोप्समा पुगेकी थिइन्। जोसमा होस नगुमाई सुरक्षित तरिकाले शारीरिक सम्बन्ध राखेको भए यो अवस्थाको सिर्जना हुने थिएन। उनलाई यौनसम्बन्ध राख्दाको अनुभवबारे साथीहरूले बताएका थिए। साथीहरूले झैँ यौनका बारेमा जान्ने र आफ्नो इच्छा पूरा गर्ने चाहनालाई कन्ट्रोल गर्न नसक्दा उनले गर्भपतन गर्नुपरेको थियो। चौबिसै घण्टा कम्प्युटर र नेटमा झुन्डिरहने बालबालिकाका अभिभावकले आफ्ना छोराछोरीले के गरिरहेका छन् भनेर ुफलो अपु गर्नुपर्ने आवश्यकता छ । स्कुलमा समेत यौन तथा प्रजनन स्वास्थ्यको ुटपिकु आएमा आफैँ पढ भनेर छाडिदिने शिक्षकको प्रवृत्तिका कारण पनि किशोरावस्थाका विद्यार्थीले अन्य माध्यमलाई यौन जिज्ञासा मेटाउने साधनको रूपमा प्रयोग गर्न थालेका छन्। गाँस, बास, कपासझैँ यौनले पनि मौलिक अधिकारभित्र आफ्नो स्थान पक्का गरिसकेकाले कसैलाई पनि यौनजन्य क्रियाकलाप नगर भनेर रोक्न मिल्दैन। त्यसैले खुलेर यौनसम्बन्धी जिज्ञासा राख्ने वातावरण सिर्जना गरिदिने हो भने किशोर-किशोरी आपराधिक तथा असुरक्षित यौनजन्य क्रियाकलापबाट बच्न सक्छन्। भिडियोको लागी यहाँ क्लिक गर्नुहोला![]() |



0 comments
Write Down Your Responses