चालकलार्इ थुनेको विरोधमा यातायात अबरुद्ध

काठमाडौ, साउन १३ – ट्रक चालकलाई थुनामा राखेको विरोधमा सिन्धुपाल्चोकको चेहेरेमा नेपाल स्वतन्त्र मजदुर संगठन अरनिको रुट इकाईले सडक अबरुद्ध गरेको छ ।


काठमाडौबाट अरनिको राजमार्ग भएर चल्ने भक्तपुर र काभ्रेका गाडी कम छुटेका तथा सिन्धुपाल्चोक, दोलखा र रामेछाप चल्ने गाडी भने गाडी ठप्प भएका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।


स्किर्टिङ गरेर गाडी चलाउने तयारी भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । गएको वैशाख २० गते हात्तीको दाह्रा सहित पक्राउ परेका ट्रक चालकलाई प्रहरीले थुनामा राखेको बिरोधमा यातायात व्यवसायी महासंघ र समितिले विरोध प्रदर्शन थालेका हुन् ।


प्रदर्शनका कारण तातोपानी नाका भएर चीनको खासाबजारबाट सामान आयात गर्ने ट्रकहरु पनि नचलेका प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.