होटलमा बास बस्न अनिवार्य परिचय पत्र

११ साउन, बुटबल । होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले सुरक्षाको कारण देखाउँदै होटलमा बास बस्न आउने पाहुनालाई अनिवार्य परिचयपत्र लागू गर्ने निर्णय गरेको छ ।

बुटबलमा प्रहरीसँग भएको अन्तक्रिर्यामामा संघले होटलबाट हुने अपराध न्यूनीकरण र व्यावसायिक सुरक्षाका लागि आगन्तुक पाहुनालाई अनिवार्य परिचयपत्र लागू गर्ने सहमति गरेको हो ।

होटलमा बास बस्न आउने पाहुनासँग परिचय खुल्ने गरी परिचयपत्र वा निजको वास्तविक जानकारी हुने गरी आगन्तुक पुस्तिकामा लेख्नुपर्ने निर्णय संघले गरेको छ। त्यस्तै सुरक्षित बुटबल बनाउन व्यवसायिक आचारसंहिता कडाइका साथ लागू गर्ने, व्यासायिक अनुगमनलाई पूर्णरुपमा पालना गराउन अनुगमनलाई प्रभावकारी बनाउने, होटल तथा रेस्टुरेन्टमा काम गर्ने कर्मचारकिो हकमा तीन महिनासम्म मालिकले निजको जिम्मेवारी लिने त्यसपछि छ महिना पुगेपछि संघले परिचयपत्र उपलब्ध गराउने पनि निर्णय गरिएको गोरखापत्र दैनिकमा खबर छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.