स्कूल पोसाकमा रेस्टुरेन्ट गए प्रहरीको फन्दामा
१२ साउन, काठमाण्डौं । पढाइ छोडेर विद्यालय पोसकमा होटेल, रेस्टुरेन्ट, सिनेमा हल तथा अन्य सार्वजनिक मनोरञ्जन स्थलमा जाने विद्यार्थीलाई प्रहरीले पक्राउ गर्ने भएको छ । उच्च माध्यमिक शिक्षापरिषद्ले तयार गरेको आचारसंहिता कार्यान्वयनका लागि यस्तो व्यवस्था गर्न लागिएको हो । परिषद्को आचारसंहिता अनुगमन केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले यस कार्यमा सहयोग गर्न प्रहरीलाई पत्राचार गर्ने निर्णय गरेको अन्नपूर्ण पोष्टमा खबर छ ।
कक्षा ११ र १२ का विद्यार्थीको पढाई मर्यादित बनाउन परिषदले यसै बर्षदेखि लागू गरेको आचारसंहितामा कुनै पनि विद्यार्थी रेस्टुरेन्ट, सिनेमा हल, मनोरञ्जनात्मक पार्कलगायतका स्थानमा जान नपाउने उल्लेख छ । अनुगमन समितिले सुरुमा काठमाण्डौं, भक्तपुर, ललितपुर, नुवाकोट र काभ्रे जिल्लामा अध्ययनरत विद्यार्थीको निगरानी गर्न लागेको हो ।
विद्यालय पोसाकमा विद्यार्थी त्यस्ता स्थलमा भेटिए प्रहरीले पक्राउ गरी अभिभावकको जिम्मा लगाउँछ । विद्यालयबाट र्फकदा सामान्य होटलमा बसेर खाजा खाइरहेको अवस्थामा भने विद्यार्थीलाई पक्राउ गरिने छैन् ।

0 comments
Write Down Your Responses