धनगढी— एमाओवादीका पोलिटव्युरो सदस्य लेखराज भट्टले राज्य जस्तै पार्टीले पनि सुदूरपश्चिममाथि अन्याय गरिरहेको बताएका छन्। विकासमा ध्यान नदिए पार्टी नै छोडेर छुट्टै पार्टी खोल्नुपर्ने अवस्था आउन सक्ने उनले बताए। 'करिव ४६.४ प्रतिशत गरिवी भएको सुदुरपश्चिममा बजेट पक्षपाती रुपमा थोरै मात्र विनियोजन भएको छ' उनले भने– 'जबसम्म सुदूरपश्चिममाथि हेप्ने प्रवृती बदलिदैन, जुनसुकै सरकार आए पनि याहाँको विकासका लागी बजेट छुट्याइदैन।' एमाओवादी पार्टी लगायत सबै पार्टीले सुदूरपश्चिमलाई आन्तरिक उपनिवेशको रुपमा हेरेको उनले आरोप लगाए। सुदुरपश्चिममवाट प्रतिनिधित्व गर्ने नेता मन्त्री भए पनि राज्यको नीति निर्माणमा पहुँच नपुग्ने गरेको उनको भनाइ थियो। 'सबै सरकारले बजेटमा सुदुरपश्चिमलाई पक्षपातपूर्ण व्यवहार गर्नुको कारण नै राज्यमा भएका ब्यक्तिको सोचमा परिवर्तन नआउनु हो', उनले भने। सुदुरपश्चिमको समान स्तरमा विकासका लागि यस क्षेत्रका राजनीतिक दलका नेता तथा जनताले मोर्चा बनाएर लड्नुपर्ने बेला आएको उनले बताए। 'अहिले सम्म विश्वास गरेका छौं। हाम्रो पार्टीले पनि न्याय गर्न सक्तैन भने पार्टी छोडेर यस क्षेत्रको छुट्टै पार्टी बनाउनु पर्ने अवस्था आउन सक्छ', उनले भने।
एमाअओवादी पोलिट्ब्युरो सदस्य भट्टद्वारा छुट्टै पार्टी खोल्ने चेतावनी
Powered by Blogger.
0 comments
Write Down Your Responses