माकुराले बढाउँछ मान्छेको उत्तेजना
निकै विषालु रहेको भनिएको एक प्रजातिको माकुरालाई जिउमा टोकाएपछि त्यसको विषले ठूलो प्रभाव पार्ने र त्यसपछि मानिसमा उत्पन्न हुने यौन उत्तेजना लामो समयसम्म रहिरहने विश्वास मानिसहरुको रहेको छ । त्यसकारण वैज्ञानिकहरु आखिर त्यो माकुराको विषमा के त्यस्तो रसायन छ जसको कारण मानिसमा यौन उत्तेजना लामो समयसम्म रहिरहन्छ ? भन्ने कुराको अनुसन्धानमा जुटिरहेका छन् । यो अनुसन्धानमा सफलता मिलेमा यसले यौन जगतमा क्रान्ति ल्याउने कतिपयको भनाइ छ । ब्राजिलियन वांडरिङ स्पाइडर को नामले चिनिने उक्त माकुराको विषले मानिसलाई एकातर्फ लठ्ठाउँछ भने अर्कोतर्फ यौन उत्तेजना पैदा गर्छ । अमेरिकाको साइकोलोजिकल सोसाइटीको वाषिर्क बैठकमा शोधकर्ताहरुले यो माकुराको विषका विषयमा गरेको प्रारम्भिक अध्ययनको रिपोर्ट प्रस्तुत गरेका छन् । जर्जिया मेडिकल कलेजका शोधकर्ताहरुले यो माकुराको विषलाई मुसामा सुइमार्फत दिएर हेर्दा भाले मुसामा यौन उत्तेजना बढाएको पाइयो । उक्त विश्वमा करोडौँ पुरुषहरु यौन उत्तेजनाको समस्याबाट पीडित रहेको अवस्थामा यो माकुराको विषलाई औषधि बनाएर प्रयोग गर्न सकिएमा त्यसले ठूलो तहल्का मच्चाउन सक्ने अनुमान गरिएको छ । भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
![]() |



0 comments
Write Down Your Responses