डलरको मूल्य पुनः ९९ रुपैयाँ नजिक

२९ साउन, काठमाडौं । भारुसँग अमेरिकी डलरको अवमूल्यनले ५ हप्तामा तेस्रो पटक नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार भारतमा डलरको बिक्री मूल्य बैंकहरुले ६१.६६ भारुसम्म तोकेका छन् । यसको नेपाली रुपान्तरण ९८.६६ रुपैयाँ हुन्छ । नेपाली बैंकहरुले पनि आज डलर करिब ९९ रुपैयाँमा बिक्री गरेका छन् ।

अगस्ट १ मा ६१.५३ भारुमा झरेर रेकर्ड कायम गरेको डलरको सटही दर आज विहान भारतमा ६१.५२ देखि ६१.६६ भारुको बीचमा कारोबार भयो । त्यसअघि जुलाई ८ मा ६१.२१ भारु पुगेर डलरको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो ।

भारतमा आयातकर्ताबाट डलर मुद्राको माग बढेपछि डलरको मूल्य बढेको हो । भारु र नेपाली मुद्राको सटही दर १.६ गुणामा स्थिर रहेको हुँदा भारु अवमूल्यन हुँदा नेरु पनि स्वतः अवमूल्यन हुने गर्दछ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.