श्रीलंका भ्रमणमा नेपाली क्रिकेट टोलीको पहिलो जित

२९ साउन, काठमाडौं । इमर्जिङ टिम्स कप क्रिकेटको तयारीका क्रममा श्रीलंका भ्रमणमा रहेको नेपाली टोलीले पहिलो जित हात पारेको छ । श्रीलंकाको २३ वर्षमुनीको टोलीसँग लगातार चार खेल गुमाएको नेपालले मंगलबार भएको अभ्यास खेलमा उत्तर पूर्वी प्रान्तको टोलीलाई १ सय ६८ रनले पराजित गरेको हो ।

पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७३ रन बनायो । नेपालका लागि अनिल मण्डलले सर्वाधिक ६४ रन जोडे भने कप्तान पारस खड्काले ३७, विनोद भण्डारीले ३० र सुवास खकुरेलले २६ रन बनाए । यस्तै राहुल विश्वकर्मा २५ रनमा अविजित रहँदा सरद भेसवाकरले २०, ज्ञानेन्द्र मल्लले १७, बसन्त रेग्मीले ११, सागर पुनले १० र शक्ति गौचनले ४ रन जोडे ।

२ सय ७४ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको उत्तर पूर्वी प्रान्तको टोली २८ ओभरमा १ सय ५ रन बनाएर अल आउट भयो । उसलाई सस्तैमा समेट्ने क्रममा अभिनाश कर्ण र सरद भेसवाकरले समान ३-३ विकेट लिए भने चन्द्र साउदले २ र रामनरेश गिरी र शक्ति गौचनले १-१ विकेट लिए ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.