इपीएस पीडितहरु वैद्य माओवादीको शरणमा
५ भदौ, काठमाडौं । कोरियन भाषा परीक्षा उत्तीर्ण गरे पनि रोजगारीका लागि जान नपाएको भन्दै दुईसाताअघि राजधानीमा आमरण अनसन बसेका इपीएस पीडितहरु मोहन वैद्य नेतृत्वको नेकपा माओवादीमा प्रवेश गरेका छन् । आफूलाई न्यया दिलाइदिनुपर्यो भन्दै उनीहरु माओवादी प्रवेश गरेका हुन् । राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी दर्जनौं युवाहरु माओवादीमा प्रवेश गरेको माओवादी केन्द्रीय सदस्य एवं मजदुर नेता रामदीप आचार्यले अनलाइनखबरलाई बताउनुभयो । ‘उहाँहरु न्याय खोज्दै हामीसँग आउनुभएको हो ।’ उहाँले भन्नुभयो, ‘पार्टी प्रवेश गर्नेमा एपीएस परीक्षा पास गरेका सयौं युवाहरु हुनुहुन्छ ।’ आचार्यका अनुसार कोरिया जान नपाएपछि माओवादीमा प्रवेश गर्नेहरुमा इपीएस पीडित संघर्ष समितिका तेज दाहालसहित प्रताप खड्का, नारायण भुसाललगायत हुनुहुन्छ । भाषा परीक्षाका लागि फारम भर्न सुरु आगामी असोजमा सञ्चालन हुने चौथो कोरियन भाषा परीषाका लागि आजदेखि फारम भर्न सुरु हुने भएको छ । रोजगार अनुमित प्रणाली इपीएस अन्तर्गत दक्षिण कोरियाको रोजगारीका लागि भाषा परीक्षामा सामेल हुनेका लागि आजबाट आवेदन फारम भर्न सकिने भएको हो । इपीएसअन्तर्गत चौथो कोरियन भाषा परीषाका लागि ५ देखि ८ भदौसम्म बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म परीक्षा आवेदन फारम पेस गर्ने समय तय गरिएको छ । सम्बन्धित उम्मेदवारले बाहेक अरुले आवेदन बुझाउन नपाउने इपीएस शाखा कार्यालयले जनाएको छ । फाराम बुझाउन आउँदा राहदानी वा नागरिकता साथमा ल्याउनुपर्ने र परीक्षा फारम बुझाउ २४ अमेरिकी डलर (करिब २ हजार ३ सय रुपैयाँ) दस्तुर लाग्ने जनाइएको छ । १८ बर्ष पूरा भई ३९ वर्ष ननाघेको व्यक्तिले आवेदन गर्न सक्ने इपीएसले जनाएको छ । यस पटकको परीक्षाका लागि करिब ७० हजारले आवेदन फाराम भर्ने अनुमान गरिएको छ । भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
|
0 comments
Write Down Your Responses