प्रचण्ड कामरेड साँझ सुटुक्क कता प्रस्तान ?

५ भदौ, काठमाण्डौं । भारतसँग बिगि्रएको सम्बन्ध सुधार्न कहिले लन्डन, कहिले सिंगापुर धाइरहने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्ति सोमबार जनकपुरको मानकी होटलबाट निस्किएर दुई घन्टा कता हराए ? १४ तारिखदेखि नेपालमा रहेका ‘रअ’का प्रमुख आलोक जोशी भारतीय दूतावासका पोलिटिकल अफिसर पीयूषकुमार श्रीवास्तवसँगै त्यही बेला जनकपुरमा देखा पर्नु र प्रचण्ड कमरेड हराउनुका बीच कुनै साइनो त थिएन ? जोशी राजधानीको होटलमा बस्दा र एउटै गाडीमा हिँड्दा कुरा खुल्ने आशंकाका कारण दूतावासकै गेस्टहाउस भित्र बस्ने र गाडी फेरी फेरी हिँड्ने गर्थे । सम्भवतः उनी मेची भन्सार हुँदै स्थलमार्गबाट दार्जिलिङतिर हिजै प्रस्तान गरेको स्रोतको अनुमान छ । उनी जारी गोर्खाल्यान्ड आन्दोलनबारे नेपाली राजनीतिक दलहरुको धारणा बुझ्न र ४ मंसिरको निर्वाचनका निम्ति वातावरण बनाउन गुपचुप रुपमा नेपाल आएको बताइएको बुधबार प्रकाशित जनआस्था साप्ताहिकमा खबर छ । यसबीच, एक एमाले स्रोतले हिजो बिहान साढे १० बजे संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई भारतीय राजदूतलाई भेट्न लैनचौर गएको दाबी गरेको छ । राजदूत जयन्तप्रसादको कार्याकाल शुक्रबार सकिँदैछ । र, उनी आइतबार स्वदेश र्फकने तयारीमा छन् । उनको विदाईमा उनै उमरेशकुमार सिंहले शुक्रबार साँझ आफ्नो निवासमा सुरक्षा प्रमुख र छानिएका केही नेतासहित डाकेर रात्रिभोज दिँदै छन् । यसैबीच हिजो दिउँसो उच्चस्तरीय राजनीतिक संयन्त्रले निर्वाचन आयोग पुगेर मतदाता नामावलीमा नाम थप्ने म्याद अरु एक हप्ता बढाउन आग्रह गरेको छ । भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.