युनिटीका साम्रगी वागमती किनारमा
चिनियाँ सहयोगमा चक्रपथ विस्तार गर्न खटिने कामदार र कर्मचारीलाई आवास बनाउने क्रममा डोजरले खन्दा हालै ती फेला परेका हुन् । भेटिएका जलेका सयभन्दा बढि परिचयपत्र, झोला, पासपोर्ट, आदि छन् । तीमध्ये अधिकांश परिचयपत्र डढेको अवस्थामा छन् भने खनेको स्थानमा ठूलो मात्रामा खरानी निस्किएको छ । आजको कान्तिपुर दैनिकले समाचार छापेको छ । जाउलाखेलस्थित युनिटी मूख्यालय कब्जामा लिएको ३ वर्ष २ महिनापछि ती कागजात डढेको अवस्थामा त्यहाँ कसरी निस्किए भन्ने प्रहरीले प्रष्ट पार्न सकेको छैन । ललितपुर प्रहरी प्रमुख रमेश भट्टराईले आफू यहाँ नयाँ भएको भन्दै अनभिज्ञता प्रकट गरे । प्रमुख जिल्ला अधिकारीले शशिशेखर श्रेष्ठले पनि त्यस विषयमा आफूलाई जानकारी नभएकेा वताए । 

0 comments
Write Down Your Responses