'बादललाई प्रधानमन्त्री बनाउन वैद्यको बखेडा'
न्युयोर्क, श्रावण २० - एमाले अध्यक्ष झलनाथ खनालले आगामी निर्वाचनमा एमाओवादी फेरि पनि ठूलो पार्टी भए संविधान नबन्ने ठोकुवा गरेका छन् ।
अमेरिकास्थित एमाले निकट लोकतान्त्रिक नेपाली मञ्चको पहिलो अधिवेशनलाई शनिबार सम्बोधन गर्दै खनालले एमाओवादी संविधान बाधक रहेको टिप्पणी गरे । उनले भने, 'एमाओवादी जस्तो पार्टीको बहुमत आए या फेरि पनि सबैभन्दा ठूलो दल भए, देशमा संविधान नबन्ने निश्चित छ ।'
करिब आधा घण्टा लामो आफ्नो सम्बोधनमा एमाओवादी पार्टीको चर्को आलोचना गरेका खनालले विगतमा एमाओवादीले गरेको चुनावी तिकडम, डर धम्की र तामधामको खेल अब समाप्त भइसकेको टिप्पणी गरे । खनालको भने, 'उनीहरुको जनआधारको जे कुरा थियो, त्यो अब खुम्चिसकेको छ । अब माओवादीको बहुमत आउने सम्भावना करिब-करिब समाप्त भइसकेको छ ।' उनले एमाओवादी सत्तामा आए, उसका नीति र कार्यक्रम के कस्ता हुन्छन्, त्यसबारेमा अब जनता छर्लङ भएको टिप्पणी गरे ।
अध्यक्ष खनालले उग्र वामपन्थी धार र उग्र दक्षिणपन्थी यथास्थितिवादीबाट देशलाई मुक्त पार्न परिवर्तनकामी एमालेमात्र सफल हुने तर्क गरे । आगामी निर्वाचनको अर्को प्रतिस्पर्धी कांग्रेसमाथि टिप्पणी गर्दै खनालले कांग्रेसलाई आमुल परिवर्तनका एजेण्डाहरुलाई आत्मसात गर्न नसकेको पार्टीको संज्ञा दिएका थिए । कांग्रेसले आफ्नो स्थितिलाई सुधार्ने भविष्यवाणी गरेका खनालले उस्ले बहुमत भने ल्याउने नसक्ने दाबी गरे । उनले लोकतान्त्रिक शक्तिहरुको विजय अनिवार्य रहेको उल्लेख गर्दै त्यसले मात्र संविधान दिने बताए ।
२४० निर्वाचन क्षेत्रमध्ये एक सय भन्दा बढी क्षेत्रहरुमा एमालेले अग्रस्थान ल्याइसकेको पार्टीको पछिल्लो अभियानले देखाएको उल्लेख गर्दै खनालले वैद्य नेतृत्वको माओवादीले अनेक बखेडा झिकेर निर्वाचन विथोल्ने खोजेको आरोप लगाए । उनले भने, 'उनीहरु गोलमेच गरौं भन्छन्, तर भित्रि कुरा बादललाई प्रधानमन्त्री बनाउनु उनीहरुको खेल हो ।'
स्थानीय चेन फेडेरेशनको सभाहलमा उपस्थित करिब डेढ सय प्रतिनिधि एवं पर्यवेक्षकहरुलाई सम्बोधन गर्दै एमाले नेता भीम रावलले आफ्नो मन्तव्य संघीयता र त्यसका विविध आयामहरुमा केन्द्रित गरेका थिए । राष्ट्रियता महत्त्वपूर्ण रहेको टिप्पणी गरेका रावलले राष्ट्रियता बिनाको संघीय पहिचानको अर्थ नरहेको टिप्पणी गरेका थिए ।
उद्घाटनसत्रको पूर्वसन्ध्यामा आदिवासी जनजातिबाट विरोध हुने सम्भावनालाई मध्यनजर गर्दै आयोजकले प्रवेशमा कडाई गरेको थियो । रावलले आफ्नो पार्टी जनतालाई अधिकार दिने संघीयता पक्षधर भए पनि जातीय संघीयताको विरोधी रहेको बताए ।
रावलले प्रतिप्रश्न गर्दै भने, 'खाडीदेखि अमेरिकासम्म हामी नेपाली अनेकौं जाति धर्म र वर्णसँग बसेर कर्म गर्दैछौं । तर, नेपालमा एक जातले अर्को जातिलाई नसहने, यो कस्तो संघीयता, कस्तो राजनीति ?'
एक सय २५ भन्दा बढी जातजाति रहेको मुलुकमा केहि दुई चार वटा जातिहरुलाई मात्र चाहिने जातीय संघीयता आफ्नो पार्टी एमाले र आफ्ना लागि अस्वीकार्य रहेको रावलको भनाइ थियो । शुक्रबारदेखि सुरु भएको मञ्चको पहिलो अधिवेशन आइतबार सम्पन्न हुँदैछ । आयोजक समितिका संचार संयोजक राधाकृष्ण देउजाका अनुसार आइतबारको सत्रले तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

0 comments
Write Down Your Responses