'सफ्ट ड्रिंक्स चुसेर खानु खतरा’
सफ्ट ड्रिंक्स गिलासमा नराखी सोझै बोतलमा चुसेर पिउनु स्वास्थ्यका लागि हानिकारक रहेको एउटा अनुसन्धानले देखाएको छ । उत्पादक कम्पनीबाट उपभोक्तासम्म पुग्दा त्यसमा मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने कीटाणुको प्रवेश अत्यधिक हुने भएकाले चुस्नु हानिकारक भएको अध्ययनले देखाएको हो ।
माइतीघरको सेन्ट जेभियरर्स कलेजमा माइक्रो बायोलोजी अध्ययनरत स्नातकोत्तर तहका विद्यार्थीले डेढ महिना लगाएर उक्त अध्ययन गरेका हुन् । राजधानीको कोटेश्वर, माइतीघर, पुरानो र नयाँबानेश्वर, जावलाखेल र भक्तपुरमा गरिएको नमुना अध्ययनले बोतल चुसेर खाँदा फुड पोइजन, निमोनिया र घाउमा इन्फेक्सन हुने खतरा उच्च रहेको देखाएको छ ।
'संकलन गरिएका नमुनाको ल्याब परीक्षणमा 'स्टाफाइलोकोकसअरियस' नामक कीटाणु सबैभन्दा बढी पाइयो,' अध्ययन समूहका किरणराज गिरीले कान्तिपुरसित भने, 'यसले फुड पोइजन गराउँछ । यसप्रति व्यापारी र उपभोक्ता दुवै सचेत देखिएनन् ।' उनका अनुसार त्यस्ता पेय भरिएका बोतलको मुखमा स्युडोमानस एपेसिस ४ प्रतिशत, माइक्रोककस एपेसिस ८ प्रतिशत र ब्यासिलस एपेसिस नामक कीटाणु २० प्रतिशत पाइएको छ । यी सबै कीटाणु विशेषगरी फुड पोइजन र निमोनिया गराउनेमा पर्छन् ।
यस्ता कीटाणु प्लास्टिक र काँच दुवैमा भेटिएको छ । 'यस्ता सामग्रीको व्यवस्थापन राम्रो छैन, भरिएका बोतल जथाभावी झरेका, जे पायो त्यही चीजले पुछेको र खुला रूपमा ढुवानी हुने भएकाले संक्रमणको खतरा उच्च भएको हो,' अर्का अध्येता कुमार श्रेष्ठले भने, 'पढेलेखेका व्यक्तिले पनि यसमा ध्यान दिएका छैनन् । मानव स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्ने कुरालाई ख्यालख्यालजस्तो ठानिएको छ ।'
अध्ययनमा गिरी, श्रेष्ठसहित कल्पना पाण्डे, कृष्णा पनेरू र कृष्णमुरारी खनाल सहभागी थिए । उनीहरूको अध्ययनले विशेषगरी कलेज पढ्नेहरूले बोतलबाट नै खाने गरेको देखाएको छ । 'पाको उमेरकाले बोत्तल पुछेर पिउने गरेको देखियो,' कृष्णा पनेरूले भनिन्, 'पुछेर सफा हुने वा कीटाणु मर्ने हुँदैन । गिलासमा राखेर खाँदा सोझै कीटाणुको प्रवेशलाई कम गर्न सकिन्छ ।'
अध्ययनले उपभोक्ताले बोतलको यस्तो पेय करिब ५ सेन्टिमिटर मुखभित्र छिराएर पिउने गरेका छन् । बिर्को लगाएको भाग करिब २ सेन्टिमिटर हुन्छ । लामो समय बिर्को लगाएको बोतलको मुखमा खिया लागेको हुने र त्यसले जनस्वास्थ्यमा थप प्रभाव पर्ने उनीहरूले बताए । अध्येयता गिरीका अनुसार उनीहरूले आफ्नो अध्ययन क्षेत्रबाट नमुना संकलन गरी ल्याब परीक्षण गरेका थिए । ल्याब परीक्षणको प्रतिवेदन, यसबारे विभिन्न देशमा भएका अध्ययन तथा निष्कर्ष, सहभागीसितको कुराकानीका आधारमा निष्कर्ष निकालिएकाले अध्ययनको विश्वसनीयतामा शंका गर्नु नपर्ने उनीहरूको दाबी छ । कल्पना पाण्डेले भनिन्, 'ल्याबको नतिजाका आधारमा हामीले निष्कर्ष निकालेका हौं, यो हचुवा अध्ययन होइन ।'

0 comments
Write Down Your Responses