बिष्फोटनमा ११ बालबालिका मारिए

कराँची, श्रावण २३ - पाकिस्तानको कराँचीमा बुधबार बिहान बम विष्फोट हुँदा ११ जना बालबालिकाको मृत्यु भएको छ भने थप २४ जना घाइते भएका छन् । उक्त बम बजार क्षेत्रमा बिष्फोट भएको थियो । 

आइएएनएसका अनुसार प्रहरीका अनुसार उक्त विष्फोटक पदार्थ मोटरसाइकलमा बाँधिएको थियो । सहरको ल्यारी क्षेत्रमा फुटबल खेल सकिएको केही समयमा नै उक्त विष्फो६न भएको त्यस क्षेत्रका प्रान्तीय विद्यायक शानिया नजले बताए । 

स्थानीय मिडियाका अनुसार बालबालिकाको स्थानीय दुई टीम बीच भएको फुटवल खेल सकिएर बाहिर निस्कँदै गरेको बेला उक्त बिष्फोटन गराइएको हो । मारिनेहरु धेरै जसो १२ देखि १४ बर्ष उमेर समुहको रहेको बताइएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.