बालिकालाई बलात्कार गर्न खोज्ने बृद्ध पक्राउ


२९ साउन, मोरङ । आठ बर्षीया बालिकालाई जबरजस्तीकरणी गर्न खोजेको आरोपमा एक बृद्ध पक्राउ परेका छन् । केराबारी-९ की ८ बर्षीया दलित बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा मोरङ केराबारीका ८० बर्षीय बृद्ध दागबहादुर तामाङलाई प्रहरीले गएराति पक्राउ गरेको हो । राति १० बजेतिर पिसाब फेर्न निस्किएकी बालिकालाई छिमेकी बृद्धले जबरजस्तीकरणी गर्न खोजेको आरोपमा तामाङलाई पक्राउ गरी स्थानीयवासीले राति नै ईलाका प्रहरी कार्यालय बेलबारीमा बुझाएका हुन् । बृद्ध तामाङले भने प्रारम्भिक बयानका क्रममा आफु घर नजिकै बसिरहेको बेला बालिका पिसाव गर्न गएकाले आफुमाथी गाउँलेले झुटो आरोप लगाएको बताएका छन् । बृद्ध तामाङले आफ्नो र बालिकाको स्वास्थ्य परिक्षण गराउन र मेडिकल रिपोर्टमा दोषी देखिए जस्तोसुकै कार्बाही भोग्न तयार रहेको बताएका छन् । घटनाको सत्यतथ्य बुझ्न मंगलवार विहान ईलाका प्रहरी कार्यालय बेलबारीमा छलफलका लागि बोलाइएको छ भने आजै बालिकाको स्वास्थ्य परिक्षण समेत गर्ने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.