एक विद्यार्थी पढाउन बार्षिक १० लाखसम्म खर्च

२९ साउन, काठमाण्डौ । मुलुकको सबैभन्दा ठूलो र जेठो त्रिभुवन विश्वविद्यालयले एकजना विद्यार्थी पढाउन बार्षिक ९ लाख ८२ हजारसम्म लगानी गरेको छ । विश्वविद्यालय तथ्यांकअनुसार चिकित्साशास्त्रका विद्यार्थीका लागि लगानी दर सबैभन्दा उच्च छ । गत बर्ष स्नातक तहमा चिकित्सा पढ्ने एक विद्यार्थीका लागि ९ लाख ८२ हजार ४ सय ४० रुपैयाँ खर्च भएको विश्वविद्यालयको योजना महाशाखाले जनाएको छ ।
तर उक्त विषयमा उत्तीर्ण प्रतिशत ८२ दशमलब ५४ छ । सोही विषयका विद्यार्थीका लागि त्रिवीले शैक्षिक सत्र २०६८/६९ मा आठ लाख १८ हजार ७ सय रुपैयाँ लगानी गरेको थियो । दुई वर्षअघि त्यस्ता विद्यार्थीलाई त्रिविले बार्षिक ५ लाख ८६ हजार ५ सय रुपैयाँ लगानी गरेको थियो । विद्यार्थीका लागि त्रिविले गर्ने लगानी बर्सेनी बढ्दो छ । त्रिवि योजना महाशाखाका प्रमुख प्रहृलाद पन्तले प्राविधिक विषयमा धेरै लगानी हुनु स्वभाविक रहेको वताए । आजको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
‘लगानीअनुसार प्रतिफल पाउन हामीले प्रयास गरिरहेका छौँ , उनले भने ।’ चिकित्सापछि धेरै लगानी कृषि र पशुविज्ञानमा छ । ती विषय पढ्ने एक विद्यार्थीका लागि त्रिविले गत वर्ष ६ लाख ५२ हजार ६ सय ६२ रुपैयाँ लगानी गरेको थियो । ती विषयमा स्नातक र स्नाकोत्तरमा उत्तीर्ण दर क्रमश ९८ दशमलब १ र ९७ प्रतिशत छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.