मन्त्रीको छातीमा प्रचण्डको तस्बीर !

जानकी केसीको चार वर्षे कार्यकाल गत असार २८ मा सकिएपछि नर्सिङ काउन्सिलको रजिस्टार पद रिक्त छ । उक्त पदमा नियुक्तिका लागि एमाओवादी निकट तीनजना नर्सहरुको नाम सर्ट लिस्टिङ गरिएको छ । सर्टलिस्टीङ गरिएका तीन जनामध्ये मिना बानियाँ ओम नर्सिङ कलेज युनियनकी अध्यक्ष एवं उमाओवादीको नर्स फाँट हेर्ने उपाध्यक्ष हुन् । त्यस्तै किरण बज्राचार्य पहिले नेकपा एमालेको टिकट पाउने तहमा रहेपनि यतिबेला एमाओवादीमा ज्वाइन गरिसकेकी छन् , तर एमाओवादीको फोर्समा सर्ट लिस्टमा पारिएको भने होइन ।
स्वास्थ्य मन्त्रालयका सचिव डा. प्रवीण मिश्रले खोलेको मिडवाइफ रि प्रोजेक्ट नामक एनजीओकी अध्यक्ष हुन् उनी । यसैगरी सर्ट लिस्टिङको तेस्रो नम्बरमा रहेकी सम्झना पौडेल एमाओवादी नेता देवेन्द्र पौडेलकी बहिनी हुन् । आजको तरुण साप्ताहिकले समाचार छापेको छ ।
0 comments
Write Down Your Responses