ओलीलाई अत्याउन अल्पमतको अचानो
युवासंघ नेपालको गत साता स्थायी समितिको बैठक बोलाईको थियो । बैठकमा जानुअघि खनालका साँढुभाई सुरेन्द्र पाण्डेको निवासमा बरिष्ठ नेता नेपाल निकटस्थ पोलिष्टब्यूरो सदस्य रघुजी पन्त सहित बसेर युवासंघमा ओली पक्षधर अध्यक्ष बस्नेतलाई अल्पमतमा पार्नै योजना बनाइयो । नभन्दै स्थायी समिति बैठकमा बस्नेत अल्पमतमा परे । महासचिव राजीव पहारी पोखरामा थिए । बस्नेतको पक्षमा ६ जना र रावल तथा राजु गुरुङ गठबन्धनको पक्षमा १० जना देखिएपछि बस्नेतले केन्द्रीय समितिमा फेस गर्छु भनेर बैठक टुंग्याएको चर्चा युवासंघमा चलेको छ । महासचिव पहारीसहित हाल १७ सदस्यीय स्थायी समितिमा बस्नेतको पक्षमा ७ जनामात्र रहेको रावल पक्षको दावी छ । माधव नेपाल पक्षधर उपाध्यक्षहरु झपट रावल, दिलकुमारी पन्त, सूर्य ढकालसहितको टोली झलनाथ खनालसंगको गठबन्धनमा लागेपछि बस्नेत अप्ठेरोमा परेका हुन् । आजको साँघु सप्ताहिकले समाचार छापेको छ । 

0 comments
Write Down Your Responses