विष सेवनबाट एक युवतीको मृत्यु

राजविराज - विष सेवन गरेकी सप्तरीको– १ जोगिनियाँ गाविसकी एक युवतीको आज बिहान मृत्युभएको छ। जोगिनियाँ गाविस–१ निवासी कुशेश्वर महतोकी २२ वर्षीया छोरी मन्जुकुमारीको विष सेवनबाट मृत्यु भएको प्रहरी निरीक्षक खेमनारायण चौधरीले जानकारी दिए।

विषादी सेवन गरेकी मन्जुको उपचारका क्रममा आज बिहान अञ्चल अस्पताल राजविराजमा मृत्यु भएको मृतकका पिता कुशेश्वर महतोले बताए। बिहान ५ बजे बेहोस अवस्थामा फेला परेको स्थानमा तरकारीमा हाल्ने कीटनाशक विषादीको बोतल फेला परेको परिवारका सदस्यले बताएका छन्। 

शव परीक्षणका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.