समाचार
»
‘प्रजिअ’ले सिन्डिकेट संरक्षण गरेको आरोप
‘प्रजिअ’ले सिन्डिकेट संरक्षण गरेको आरोप
विन्ध्यवासिनी यातायात ब्यवसायी समिति पोखराले सर्वोच्च अदालतको आदेश विपरीत कास्कीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) यादवप्रसाद कोइरालाले सिण्डिकेट प्रथालाई बढावा दिएको आरोप लगाएको छ । समितिले आज (सोमबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रजिअ कोइरालाले यातायात क्षेत्रको सिण्डिकेट हटाउन अनिच्छा देखाएको आरोप लगाएको हो । प्रजिअ कोइरालाका कारण आफूहरुको करोडौ रुपियाँ डूब्नेस्थिति उत्पन्न भएको समितिको भनाई छ । पोखरा नगर र आसपासको ग्रामिण क्षेत्रमा स्तरीय सेवा दिन ५८ वटा एयरकण्डिसन बससहित २०६९ कात्तिक–१४ गते रुट परमिटका लागि निवेदन दिएपनि समितिले सिण्डिकेटका कारण अनुमति पाएको छैन । समितिका अध्यक्ष समबहादुर गुरुङगले सरकारले सिण्डिकेट तोडेर अनुमति दिन पटक–पटक लिखित निर्देशन दिए पनि यातायात ब्यवस्था कार्यालयका प्रमुख सुनिल खनाल र प्रजिअ कोइरालाले अनुमति नदिएको आरोप लगाए । उता, स्थानीय प्रशासनले समितिका पदाधिकारी विरुद्ध नै पक्राउ पूर्जी जारी गरेको छ ।
0 comments
Write Down Your Responses