महोत्तरी । धनुषा र महोत्तरी जिल्लाको सिमानामा गएराति एक सर्वसाधारणको घाँटी रेटिएको अवस्थामा शव बरामद भएको छ । महोत्तरीको महदैया तपनपुर गाविस- ६ बस्ने वर्ष ५० को बलिराम साहको घाँटी रेटिएको शव धनुषा जिल्लाको कुर्था- ७ स्थित विसरा पोखरीमा भेटिएको कुरा जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । दुई जिल्लाको सिमामा रहेको विसरा पोखरीमा सेतो कुर्ता र पाइजामा लगाएको साहको शव हत्या गरेर पोखरीमा रहेको घाँसमा लुकाइरहेको अवस्थामा प्रहरीले बरामद गरेको प्रहरी निरीक्षक सुरज खड्काले बताउनुभयो । मृतकका परिवारजनले कसैले रिसइबीका कारण साहको हत्या गरेको हुन सक्ने आशङ्का गरेका छन् ।घटनास्थल महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरबाट करिब २५ किलोमिटर उत्तरपूर्वमा पर्दछ । रासस
0 comments
Write Down Your Responses