साधारणसभा चल्दै गर्दा सभापतिको मृत्यु

भिडियो सहित हेर्न तल क्लिक गर्नुहोला :

रत्‍ननगर, चैत १८- नेपाल रेडक्रस सोसाइटी शुक्रनगर उपशाखाका सभापति मोतीकृष्ण सापकोटाको उपशाखाको साधारणसभा चल्दै गर्दा मृत्यु भएको छ। साधारणसभाको औपचारिक उद्घाटन गरेलगत्तै हृदयघात भएर अध्यक्ष सापकोटाको हिजो साँझ मृत्यु भएको हो। रेडक्रस उपशाखालाई एक लाख रूपैयाँ सहयोग गर्नुभएका उहाँलाई कार्यक्रममा सम्मानसमेत गरिएको थियो। सम्मानपछि आफैँले कार्यक्रम समापन गर्नुभएका उहाँको एक्कासि हृदयघातका कारण मृत्यु भएको रेडक्रस सोसाइटी चितवनका जिल्ला सभापति हरिप्रसाद न्यौपानेले जानकारी दिए। उनका अनुसार अधिवेशनका लागि बन्द सत्र सुरु गर्न लाग्दा एक्कासि बेहोस भएर ढलेपछि अस्पतालतर्फ ल्याउँदै गर्दा बाटैमा उनको मृत्यु भएको थियो। उनको दाहसंस्कार आज गरिने भएको छ। लामो समयदेखि रेडक्रसमा लाग्नुभएका सापकोटाले विभिन्न क्षेत्रमा मानवीय सेवा गरेकाले यसै वर्ष जिल्लाले समेत उहाँलाई सम्मान गरेको सभापति न्यौपानेले बताए। रासस
भिडियो सहित हेर्न तल क्लिक गर्नुहोला :

0 comments

Write Down Your Responses

Powered by Blogger.