बोस्टन म्याराथनमा विस्फोट, ३ को मृत्यु


३ वैशाख, काठमाडौं । अमेरिकाको बोस्टन शहरमा बम विस्फोट हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने १ सय भन्दा बढी घाइते भएका छन् । बोस्टन म्याराथनका क्रममा फिनिस लाइन नजिकै विस्फोट भएको बीबीसीले जनाएको छ । विस्फोटको समयमा म्याराथनको फिनिस लाइनमा ठूलो संख्यामा मानिसहरुको उपस्थिति रहेको थियो । जेएफके लाइब्रेरी नजिकै पनि बक विस्फोट भएको छ । घटनामा कसको संलग्नता छ भने खुल्न सकेको छैन । सन् १८९७ देखि अप्रिलको तेस्रो सोमबार बोस्टनमा म्याराथन हुँदै आएको छ । यसमा २० हजार सहभागी हुनेछन् भने ५ लाख दर्शक हुन्छन् । घटनापछि देशबासीलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाराक ओबमाले विस्फोटका जिम्मेबारहरुले यसको मूल्य चुकाउनु पर्ने बताएका छन् । अहिलेसम्म विस्फोटकारीहरु पत्ता नलागेको भन्दै उनले उनीहरुको पत्ता लागाएरै छाड्ने बताए । भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.