बिबाह गर्ने मुडमा छु तर साईत नै जुरेन : राजेश हमाल

नेपाली सिनेमाका महानायक राजेश हमाल यस्ता कलाकार हुन् जसको हरेक क्रियाकलाप समाचार बन्ने गर्छन्। हरेक समय चर्चाकै शिखरमा रहिरहने हमाल विगत बीस वर्षभन्दा अगाडिदेखि एकनास चर्चामा रहिरहे। विशेष गरेर अविवाहित यी नायकलाई विवाहको प्रसङ्गले भने प्रायः समाचारमा तानिरह्यो। अहिले पनि उनको विवाहको विषयले बजार गरम भइरहेको छ। आफ्ना समकालीनहरूले नाति नातिनी खेलाइसक्दा पनि हमाल भने अविवाहित नै छन्। यसै सेरो फेरोमा रहेर यसपटक महानायक राजेश हमालसँग सहकर्मी राजन घिमिरे ले गरेको कुराकानी :
# फेरि उठ्यो नि विवाहको कुरा?
– यो कुरालाई म नयाँ मान्दिनँ। पहिला पनि उठ्थ्यो अहिले पनि उठ्यो।
# बजारमा आएको तपाईंको प्रेमिकाको तस्बिर के हो त?
– त्यो तस्बिरबारे अहिले केही नबोलौँ, समय आफैँ बोल्छ, होइन र?
# तपाईंको विवाहको कुरा त राष्ट्रिय चर्चाकै विषय भयो नि?
– त्यस्तो हुनुनपर्ने हो तर साथीभाइहरूले त्यस्तो बनाइदिनुभयो।
# साँच्ची विवाहचाहिँ अहिलेसम्म किन नगर्नुभएको नि?
– नढाँटीकन भन्नुपर्दा समय नमिलेर।
# भनेपछि अब समय मिल्लाजस्तो छ?
– त्यस्तै भनौँ न।
# आफ्ना साथीभाइहरूको परिवार, बच्चा वा नातिनातिनी देख्दा कस्तो लाग्छ?
– भनिन्छ नि! लेखेको पाइन्छ देखेको पाइँदैन। हो, मैले यो कुरालाई त्यही रूपमा लिएको छु।
# आफ्ना अरूको पक्षको बारेमा भन्दा पनि बारम्बार सबैबाट विवाहकै बारेमा धेरै कुरा सुन्दा कस्तो लाग्छ?
– मैले यसको जवाफ यति दिएँ कि अब त जवाफ नै छैन र अर्को कुरा यी कुराहरूले गर्दा मेरा अन्य पक्ष छायामा पर्ने त होइनन्? जस्तो लाग्न थालेको छ।
# भनेपछि अबचाहिँ तपाईं विवाह गर्ने मुडमा हुनुहुन्छ?
– मुडमा त म सधैं छु नि। तर साइत नजुरेको हो भन्नुपर्छ यसलाई। आफूले मात्र मुड बनाएर हुन्न नि। उताबाट पनि मुड बन्नुपर्योड नि।
# उताबाट भनेको कताबाट?
– समय आएपछि सबै छर्लङ्ग हुन्छ।
# विवाह केका लागि गरिन्छ होला त?
– म अविवाहितलाई के थाहा? यो त अनुभवीलाई सोध्नुपर्यो नि।
# यदि विवाहको मुड बनाएको हो भने तपाईंचाहिँ केका लागि विवाह गर्दै हुनुहुन्छ नि?
– म पनि सोच्दै छु कि म केका लागि विवाह गर्दै छु। अनि विवाह किन गर्ने? त्यो प्रश्न पनि छ। यसको जवाफ म मेरा साथीहरूसँग माग्दै छु।
# तपार्इंको विवाहको भोज ७० सलामा खान पाइन्छ त?
– म त धेरै पहिलेदेखि नै भोज खुवाउने मुडमा छु नि। तर के गर्ने समयले साथ दिएन। एक दिन खानुपर्छ।
(घटना र विचार साप्ताहिकमा प्रकाशित)
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.