प्रेम सम्बन्ध चरम सिमामा पुगेपछि सेक्स हुन्छ : बिनिता बराल

प्रेमलाई कसरी परिभाषीत गर्नुहुन्छ ?
ओहो यो त गार्हो प्रश्न रहेछ, हे…, हे… हे…। जिन्दगी र प्रेमको परिभाषाको कुरा आउनासाथै म जहिले पनि अलमलिन्छु । मलाई लाग्छ प्रेम भनेको विश्वास हो । यो एउटा त्यस्तो अदृश्य शक्ति हो, जो केवल विश्वासमा टिकेको हुन्छ ।  विश्वासले नै प्रेमको सिर्जना गर्दछ।
जीवनमा प्रेम किन जरुरी छ ?
संसारलाई टिकाउनका लागि जीवनमा प्रेमको जरुरी हुन्छ । यो सुन्दर सृष्टीलाई टिकाउनकै लागि प्रेमको उत्पत्ती भएको हुनुपर्छ । प्रेम भएन भने एकले अर्कालाई मार्ने वा वा महाभारतको कथा दोहोरीने हुन्छ । मानव जीवनमा प्रेम भएन हिंसा मात्र बाँकी रहन्छ होला।
कुन उमेरमा गरिएको प्रेम सहि हुन्छ ?
प्रेम धेरै थरिको हुन्छ । केटा र केटीबिचको प्रेमको कुरा हो भने यो जुनसुकै उमेरमा पनि हुन सक्छ । जहां पनि जसरी पनि हुन सक्छ । प्रेम नै त्यो भावना र सम्बन्ध रहेछ, जसको कुनै उमेर र सिमा अनि बन्धन हुँदैन । त्यसैले जुनसुकै उमेरको प्रेम पनि राम्रो हो तर त्यो सफा र स्वस्थ हुनुपर्छ।
तपाईंको जीवनमा प्रेम कतिपटक भयो ?
मेरो जीवनमा एकपटकमात्र प्रेम भयो र त्यो सधैंभरि रहिरहन्छ । अहिले पनि उसैलाई प्रेम गरिरहन्छु । उ आफ्नै दुनियाँमा होला म आफ्नै दुनियाँमा रमेकी छु, तर ऊप्रतिको मेरो प्रेम कहिल्यै मर्दैन । किनभने मेरो प्रेम ट्रयु थियो । त्यसैले अरुसँग प्रेम गरे पनि उसँगको प्रेम रहिरहन्छ । ऊसँगको प्रेम नै मेरो पहिलो प्रेम थियो।
रोमान्स भनेको के हो ?
रोमान्स भनेको लभलाई एक्सप्रेस गर्र्ने माध्यम हो। यो एकले अर्कोलाई कति प्रेम गर्छ भनेर देखाउने माध्यम र शैली हो।
रोमान्सका लागि कस्तो ठाउँ र कुन समय ठिक हुन्छ ?
रोमान्सका लागि यो समय र यस्तो ठाउँ चाहिन्छ भन्ने केही छैन, जुनसकुै ठाउं र समयमा हुन सक्छ । व्याड र गुड इम्प्याक्ट हेर्न थाल्यो भने रोमान्स नै हुँदैन । सार्वजनिक ठाउँमा गरिने रोमान्स हो भने त्यो भग्गर देखिन सक्छ ।  एक्टिभीटीज र इनभारामेन्टमा पनि भर पर्छ।
रोमान्सको बाधक के हो ?
बाधक भनेको अनस्योरको फिलीङस् हो । उहिसँग जीवन बिताउँछु भन्ने निश्चय छैन भने त्यो रोमान्स र सम्बन्ध असुरक्षित हुन्छ। त्यस्तो रोमान्सले फिजीकल नीड मात्र हो पुरा गर्छ । त्यस खालको रोमान्स नै रोमान्सको बाधक बन्न सक्छ।
रोमान्सबिनाको जीवन कस्तो होला ?
मानिसहरु रोमान्सबिना पनि बाँच्छन् । तर त्यो कस्तो नेचरको मानिस हो भन्नेमा भर पर्छ । रोमान्स ब्वाई फ्रेण्डसँग मात्र हुन्छ भन्ने छैन । यो त मुभि, काम वा जेससँग पनि हुन सक्छ।
सेक्सको परिभाषा कसरी दिनु हुन्छ ?
सेक्स भनेको माया प्रेमलाई एक्सप्रेस गर्ने माध्यम हो । प्रेम सम्बन्ध चरम सिमामा गएपछि सेक्स हुन्छ। यो सृष्टी सञ्चालनका लागि पनि हो। पवित्र शव्दमा भन्ने हो भने सेक्स यस्तो परमात्मा हो, जसबाट कसैको नयाँ जीवनको शुरु हुन्छ।
बिहेअगाडिको सेक्सलाई के भन्नुहन्छ ?
बिहेअगाडिको सेक्स पनि जायज हुन्छ तर नियतमा भर पर्छ। नियत राम्रो छ भने जिन्दगीमा जे गर्दा पनि राम्रो हुन्छ। नियत खराब छ भने जे गरे पनि नराम्रै हुन सक्छ।
भन्नाले मन मिल्छ भने बिहेअघिको सेक्स सम्बन्ध पनि ठिक हुन्छ ?
पक्कै पनि मन मिल्छ भने बिहेअगाडिको सेक्स पनि एकदमै जायज कुरा हो । पछि बिहे गर्ने पक्का छ वा त्यस्तो छैन भने पनि समझदारीमा कसैसँग कुनै नाइट बिताउनु पनि नाजायाज होइन । तर फ्रड गरिरहेको छ भने यसले जिन्दगी नै ड्यामेज गर्न पनि सक्छ । क्राइमको रुप लिन पनि सक्छ । म त भन्छु बिहेपछि श्रीमान् श्रीमतीबिचमै पनि इच्छाविपरीत वा समझदारी बिना सेक्स भयो भने त्यो रेप हुन्छ, क्राइम हुन्छ।
तपाईंको सेक्स अनुभव ?
म त नेपाली सोसाइटीको छोरी । चपली हाइटको बिनीलाई सेक्स एकदमै इम्पोरटेन्ट कुरा थियो । बिनीता बरालचाहिँ ठिक त्यसको विपरित छे । बिनीता बराल नेपाली सोसाइटीको राम्रो कलचर पाएको परिवारको छोरी हो । समझदारीमा बिहे अगाडि पनि सेक्स भएको हुन सक्छ।
कुन उमेरको सेक्स रिलेशन ठिक हुन्छ ?
यस्तो रिलेशन मेचोएड भएपछि नै राखेको ठिक हुन्छ । मेरो बिचारमा २५ वर्ष पुगेपछि यो रिलेशन राख्दा ठिक हुन्छ । यो उमेरमा केटा र केटी दुबै बुभ्mने भईसकेको हुन्छ । तर दुबैबिच समझदारीचाहिँ हुनुपर्छ।
सेक्सका लागि कस्तो ठाउँ उपयुक्त र रोमान्टीक हुन्छ ?
यो स्पेशल कुरा भएकोले पक्कै पनि यसका लागि स्पेशल ठाउँ नै हुनु पर्छ । यो प्राइभेट लाईफको पनि प्राइभेट टाइम हो, त्यसैले अत्यन्त प्राइभेट प्लेस हुनु पर्छ।
कस्तो सेक्स असुरक्षीत हुन्छ ?
दुईजना समझदारीमा छैन र प्रिकसन युज गर्दैन भने त्यस्तो सेक्स रिलेशन असुरक्षीत हुन्छ । हामीले यस्तो सम्बन्धका बारेमा धेरै कुरा देखेका छौं, सुनेका छौं  । त्यसैले मानसिक र शारिरीकरुपमा सुरक्षित हुनका लागि प्रिकसन लिनु जरुरी छ।
फिल्ममा सेक्स जरुरी छ ?
फिल्ममा सेक्स जरुरी छ कि छैन भन्दा पनि त्यो फिल्म कस्तो सिर्जना हो भन्नेमा भर पर्छ । त्यसमा कन्टेन के छ भनेमा भर पर्छ । कसैको सिर्जना मार्नु पनि हुँदैन। तर अनावश्यकरुपमा फिल्ममा सेक्स सिन राख्नुचाहिँ गतल नियत हुन जान्छ।
परिवार नियोजन कत्तिको आवश्यक छ ?
आवश्यक छ । पढे लेखेको मोर्डन सोसाइटीको मानिसले यसमा प्रिकसन लिन्छ । तर ग्रामीण समाजमा यसबारे अझै बुझाउन सकिएको छैन। जनसंख्या नियन्त्रणका लागि पनि परिवार नियोजन जरुरी छ। - कामना मासिक बाट साभार गरिएको भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.