भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
सरकारले निर्वाचन गर्ने हो, सरुवा-बढुवा होइनः अनन्त
२ बैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता वर्षमान पुनः अनन्तले चुनावी सरकारकै कारण असारमा चुनाव हुन नसकेको आरोप लगाउनु भएको छ । असारको पहिलो साताभित्रै निर्वाचन गराउने सहमति अनुसार अनुभवीहरुलाई निर्वाचन आयोगमा ल्याएकोमा अहिलेको कार्यशैलीले मंसिरमा समेत निर्वाचन हुन नसक्ने उहाँको भनाई छ ।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा महतले भन्नुभयो-’असारमा निर्वाचन गर्न सक्छौं भनेकोले उहाँहरुलाई ल्याएका हौं । पहिला असार भित्रै गर्न सक्छौं भन्ने अनि अहिले आएर काम नगर्ने प्रबृत्तिले उहाँहरु शासन गर्न तर्फ लाग्नु भयो भन्ने गम्भीर आशंका छ । यो सरकारले निर्वाचन गर्ने हो । सरुवा बढुवा र शासन गर्ने होईन ।’ अब कार्तिक मसान्तसम्म निर्वाचन जसरी पनि हुनु पर्ने भन्दै उहाँले त्यसको लागि सरकारले कार्यशैली परिवर्तन गर्नु पर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो-’निर्वाचन गराउने जिम्मेवारी पाएको सरकारले निर्वाचन नगराई शासन गर्न खोजे ईतिहासमा कालो दिनको रुपमा अंकित हुनेछ ।’
निर्वाचनको बातावरण सरकारले नै निर्माण गर्नु पर्ने भन्दै माओवादी नेता अनन्तले प्रश्न गर्नुभयो-’पार्टीहरुले नै निर्वाचनको बातावरण बनाई दिने भए सरकारको के काम ? पार्टीहरु चुनावका प्रतिस्पर्धी हुन्, उनीहरुले डिल गर्न सक्दैनन । त्यसैले सरकारले नै वार्ता गरेर पुरा गर्न सकिने माग पुरा गरेर अघि बढ्नुपर्छ ।’
नेकपा-माओवादीले महाधिवेशनबाटै जनयुद्वको जगमा टेकेर जनविद्रोह गर्ने निर्णय गरेकोले उ निर्वाचनमा आउनेमा आशंका उत्पन्न भएको भन्दै उहाँले निर्वाचनमा आउने भए आफ्नो पार्टी उच्चस्तरीय राजनीतिक संयन्त्रमा ल्याउन र निर्वाचनमा पनि मुख्य मुख्य नेताहरुलाई चुनाव जिताउने गरी तालमेल गर्न तयार रहेको बताउनु भयो ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देबले निर्वाचनको लागि आफ्नो पार्टी मुद्दामा आधारित गरेर सबै खाले गठबन्धन गर्न तयार रहेको बताउनु भयो । पहिलो ७५ वटै निर्वाचन क्षेत्रमा उमेदवारी दिने गरी आफ्नै पार्टीलाई बलियो बनाउने, मधेसवादी दलहरुवीच गठबन्धन निर्माण गर्ने त्यसो हुन नसके सिटमा तालमेल गर्ने र १० वा १४ प्रदेश स्विकार्ने दलहरुसँग तालमेल वा गठबन्धन गरेर अघि बढ्ने उहाँको भनाई छ ।
Powered by Blogger.
0 comments
Write Down Your Responses