बोस्टनमा पड्कँदा आँसु, बंगलौरमा पड्कँदा किन चुप?
नयाँ दिल्ली, वैशाख ५ (एजेन्सी) - अमेरिकाको बोस्टनमा बम पड्किएको केही समयमा नै अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पत्र लेखेर दुःख जनाउने भारतीय प्रधानमन्त्री मनमोहन सिंह आफ्नै देशको बंगलौरमा विस्फोट हुँदा चुप रहेकोमा आलोचना गर्दै भारतीय सोसल मिडिया प्रयोगकर्ताहरुले आलोचना गरेका छन्। बंगलौरमा आज विपक्षी भारतीय जनता पार्टीको कार्यालयबाहिर भएको विस्फोटबारे साँझसम्म सिंहले कुनै वक्तव्य जारी गरेका थिएनन्।
बम विस्फोट भएको ठाउँमा भाजपाको राज्य शासन रहेको र भाजपाकै कार्यालयबाहिर विस्फोट भएकोले प्रधानमन्त्री जस्तो व्यक्ति चुप बस्नु उचित नहुने भन्दै ट्विटर र फेसबुकमा उनको आलोचना भएको छ।
निर्वाचन अगाडि भएको विस्फोटमा पनि राजनीतिकरण सुरु भएको भन्दै उनीहरुले आलोचना गरेका छन्।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>> बम विस्फोट भएको ठाउँमा भाजपाको राज्य शासन रहेको र भाजपाकै कार्यालयबाहिर विस्फोट भएकोले प्रधानमन्त्री जस्तो व्यक्ति चुप बस्नु उचित नहुने भन्दै ट्विटर र फेसबुकमा उनको आलोचना भएको छ।
निर्वाचन अगाडि भएको विस्फोटमा पनि राजनीतिकरण सुरु भएको भन्दै उनीहरुले आलोचना गरेका छन्।
0 comments
Write Down Your Responses