पर्यटन मन्त्रीको स्पष्टीकरण- म कालोसूचीमा छैन
काठमाडौं । पर्यटन मन्त्री रामकुमार श्रेष्ठले कर्जा नतिरेकोमा बैंकले आफूलाई कालो सूचीमा नराखेको स्पष्टीकरण दिनु भएको छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>> सनराईज बैंकले कालोसूचीमा राखेको समाचार सार्वजनिक भएपछि मन्त्री श्रेष्ठले बुधबार पत्रकार सम्मेलन नै गरी सार्वजनिक मान सम्मान र प्रतिष्ठामा आँच पुर्याउने नियतले गलत प्रचार गरिएको भन्दै आपत्ति जनाउनु भएको छ । ‘म रामकुमार श्रेष्ठले सनराईज बैंकबाट कर्जा लिएकै छैन, मैले सनराईज बैंक मात्र होइन कुनैपनि बैंकबाट ऋण लिएको छैन । मैले कसैलाई व्यक्तिगत जमानी पनि दिएको छैन’ श्रेष्ठले भन्नभुयो-’कर्जै नलिएको व्यक्ति कसरी ऋणी हुन्छ ? ‘
मन्त्री श्रेष्ठले आफ्नो सम्पत्ति लिलामीका लाग बैंकले जारी गरेको भनिएको सूचनामा आफ्नो नाम देखाउन चुनौति दिनु भएको छ । वर्तमान सरकारलाई नै बदनाम गराउने नियतले गत प्रचार गरिएको भन्दै उहाँले प्रश्न गर्नुभयो-’बैंकबाट विभिन्न मितिमा धितो लिलाम विक्रीको सूचना जारी भएकोमा के त्यसमा मेरो नाम छ ?’ पत्रकार महोदयले मेरो नाम कहाँ देख्नु भयो ?’
मन्त्री श्रेष्ठकी श्रीमतीको शेयर रहेको मनकामना क्रसरले कर्जा नतिरेको भन्दै हालै मात्र सनराईज बैंकले कालोसूची जारी गरेको थियो । क्रसर उद्योगमा आफ्नो श्रीमतीको १० प्रतिशत शेयर रहेको तर, बैंकले सूचना जारी गर्नु एक महिना अघि नै कम्पनी अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठलाई विक्री गरेको मन्त्रीको दावी छ ।
0 comments
Write Down Your Responses