आइपीएलमा कोलकाताको विजयी सुरुवात


२२ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट आइपीएलमा कोलकाता नाईट राईडर्सले विजयी शुरुवात गरेको छ । बुधबार राति भएको उद्घाटन खेलमा डिफेण्डिङ च्याम्पियन कोलकाताले दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले पराजित ग¥यो । दिल्लीले प्रस्तुत गरेको १ सय २९ रनको लक्ष्य कोलकाताले १८ दशमलब ४ ओभरमा लक्ष्य भेट्टायो । कोलकाताका लागि कप्तान गौतम गाम्भीरले सर्वाधिक ४२ रन बनाए । यसअघि टस हारेर व्याटिङ गरेको दिल्लीले कप्तान माहेला जयवद्र्धनेको ६६ रनको मद्दतमा १० विकेट गुमाएर १ सय २८ रन बनायो । उसलाई सस्तैमा समेट्ने क्रममा चार ओभरमा १३ रन खर्चेर चार विकेट लिने सुनिल नारिन प्लेयर अफ दि म्याच भए । प्रतियोगिता अन्तरगत आज मुम्बई इन्डियन्स र बैंङ्लोर रोयल्स च्यालेन्जर्स भिड्नेछन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.