नामावली संकलनमा सघाउँदै नेता


थुकिम्वा (ताप्लेजुङ), वैशाख २९ - निवर्तमान सभासद डम्वरध्वज तुम्वाहाम्फेले पापुङ किलिङका महिलाको एउटा समूह ल्याएर नागरिकताको सिफारिस चाँडो गरिदिन गाविस सचिवलाई अनुरोध गरे । 'उहाँहरुको घर टाढा छ चाडै काम सकेर पठाइदिहालौं' कर्मचारीलाई यत्तिमात्रै भनेनन ठट्यौली गरेको पारामा 'भोट केमा हाल्ने त बिर्सनु भएको छैन नि' भनेर चुनावी छनक पनि दिए । एमाले नेता तुम्वाहाम्फेले यसो गरिरहँदा काग्रेसबाट उम्मेद्धार बनी उनै तुम्वाहाम्फेसँग पराजित प्रताप प्रकाश हाङगामको सकृयता पनि उस्तै थियो । आफु मात्रै नभएर एक दर्जनवढी कार्यकर्ता लिएर गएका उनी सेवाग्राहीको काम गराउन कार्यकर्ता परिचालन गरिरहेका थिए । 'तपाई उहाहरुको कागज पत्र बनाईदिनुहोस, नागरिकताको फाराम भरिदिनुहोस, भनेर कार्यकर्ता परिचालन गरिरहने हाङगाम आफुभने आउनेको नमस्कार थाप्न, जानेलाई हात मिलाउन र एकान्तमा लगेर दुखसुखका कुरा गर्न भ्याईरहन्थे । झट्ट हेर्दा निर्बाचनमा नेताले आफुलाई मतदान गर्न कार्यकर्ता फुलाएझै देखिने यो दृष्य नाल्वु गाविसमा सञ्चालित एकिकृत घुम्ति शिविरको हो । जिल्ला प्रशासन कार्यालयले नाल्वु, पापुङ, साँवा, थुकिम्वालगायत गाविसलाई लक्षित गरि सञ्चालन गरेको शिविरमा राजनीतिक दलका नेताको सकृयता बढेको हो । बिभिन्न नौ वटा सरकारी कार्यालयले सेवा प्रबाह गर्ने भए पनि धेरैको ध्यानभने नागरिकता र मतदाता नामावली संकलनमा देखिएको थियो । स्वास्थ्यसेवा लिन समेत टाढाबाट आएका सेवाग्राहीलाई उनिहरुले उपचार पाएकी पाएनन भन्दा पनि प्रशासकदेखि नेतासम्मको ध्यान मतदाता नामावली संकलनमा कसैको फोटो खिच्न छुट्योकी, उमेर पुगेकाहरुको नागगरिकता बनाउन छुट्योकी भन्नेमै केन्दि्रत रहेको थियो । तुम्वाहाम्फेले भने सभासद भएका बेला सबै ठाउँमा पुग्न नसके पनि यो बेला साथीभाइलाई सहयोग पुर्‍याउन आएको हुँ । नेकपा माओवादी, लिम्वुवान लगायतका दलले नामावली संकलनमा अवरोध पुर्‍याउने भने पनि जिल्लाका बिभिन्न स्थानमा सञ्चालित शिविरमा यसको असर नदेखिएको एक सरकारी अधिकृतले बताए । शिविरमा एमाओवादीका प्रतिनिधिले पनि सकृयता देखाएका थिए । यो सरकारी सेवा भएकाले उहाँहरूले पनि बुझ्न् भएको छ प्रमुख जिल्ला अधिकारी किरण थापाले भने । जिल्लाको पूर्वी तेल्लोक, उत्तरी तापेथोक र पश्चिमी नाल्वु गाविसमा सञ्चालित शिविरमा दलहरुको सकृयता राम्रो भएको पनि थापाले बताए ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.