समाचार
»
हतीयारसहित तीन जना सिकारी पक्राउ
हतीयारसहित तीन जना सिकारी पक्राउ
सर्लाही- सर्लाहीको मुर्तिया जङ्गलबाट हतीयारसहित तीन जना सिकारी पक्राउ परेको छ। सशस्त्र वन गस्ती टोलीले तीनै जना सिकारीलाई पक्रेको हो। घुर्कोली–९ का २४ वर्षीय नरेन्द्र तामाङ, ३६ वर्षीय सोनाम घिसिङ र ४६ वर्षीय वीरवहादुर पाख्रीनलाई गस्ती टोलीले शनिबार पक्राउ गरेको हो। हतियारसहित सिकारका लागि मुर्तिया जङ्गलमा छिरेका ४ जनामध्ये एक जना सशस्त्र टोलीलाई छलेर भाग्न सफल भएको बताइएको छ। उनीहरुको साथबाट तीन थान खुकुरी, १ डिब्बा १ सय ५० ग्राम बारुद, बेरिङ बल ५ थान, बन्दुकको क्याप ४ थान बरामद गरिएको इलाका वन कार्यालय मुर्तियाका प्रमुख भैरव घिमिरेले बताए। मुर्तिया वन क्षेत्रमा एक महिना यता दुइटा बदेल, एक निलगाई र एक चित्तल सिकारीले मारेपछि गस्ती टोलीले निगरानी बढाएको घिमिरेले बताए। वन गस्ती टोलीका कमान्डर धुब्र कट्वाल, नेपाल प्रहरीका हवल्दार सर्फलाल यादवसहितको टोली उनीहरुलाई पत्राउ गरेका हुन्। बरामद गरिएको समानसहित तीनै जनालई थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय बरहथवामा पठाइएको छ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
0 comments
Write Down Your Responses