राहदानीबाट दैनिक एक करोड रुपैयाँ सङ्कलन


२८ वैशाख, काठमाडौं । सरकारले राहदानीबाट दैनिक करिब एक करोड राजस्व सङ्कलन हुँदै आएको जनाएको छ । देशका विभिन्न जिल्लास्थित जिल्ला प्रशासन कार्यालय र परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागबाट जारी हुने राहदानीबाट उक्त रकम सङ्कलन हुँदै आएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । विदेशस्थित ३२ वटा नेपाली नियोगबाट पनि राहदानी जारी हुने गरेको भएपनि त्यसको हिसाब वाषिर्करूपमा मन्त्रालयलाई प्राप्त हुने भएकाले त्यसलाई यहाँ समावेश गरिएको छैन । दैनिक एक हजार राहदानी जारी हुँदै आएको जानकारी दिँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले सरल ढङ्गले राहदानीको वितरण गर्न चाँडै नै ६८ जिल्लामा प्रत्यक्ष आवेदन दिने व्यवस्था गरिन लागेको बताउनुभयो । दुई दिनभित्र राहदानी चाहनेहरूसँग १५ हजार दस्तुर लिने सोचमा सरकार रहेको जानकारी पनि उहाँले दिनुभयो । हाल नियमित प्रक्रियामा रहेर राहदानी लिनेले रु पाँच हजार राजस्व बुझाउनुपर्छ भने एक साताभित्र लिन चाहनेले रु १० हजार सरकारी खातामा जम्मा गर्नुपर्ने प्रावधान छ । रासस भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.