समाचार
»
मोरङ र बर्दियामा दुई बालिका बलात्कृत
मोरङ र बर्दियामा दुई बालिका बलात्कृत
मोरङ, २८ वैशाख । मोरङ र बर्दिया जिल्लामा दुई बालिका बलात्कृत भएका छन् । मोरङको अम्बरदह–६ मा स्थानीय ६७ वर्षीय रामबहादुर घिमिरेले १४ बर्षीया बालिकाको बलत्कार गरेको प्रहरीले जनाएको छ । छिमेकीको घरबाट टिभि हेरेर घर फर्कने क्रममा घिमिरेले बालिकालाई छोपेर बलत्कार गरेका हुन् । बिहीबार राति बालिकालाई बलत्कार गरेको अभियोगमा प्रहरीले घिमिरेलाई पक्राउ गरेको छ । यता, बर्दीयामा सात वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई बलत्कार गरेको अभियोगमा प्रहरीले गुलरिया नगरपालिका–४, चेतना विकास टोलका १४ बर्षीय लक्ष्मण कुच बन्दियालाई पक्राउ गरेको छ । लक्ष्मणले शुक्रबार बालिकालाई ललाई फकाई खेतवारीमा लगेर बलत्कार गरेको प्रहरी भनाई छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
0 comments
Write Down Your Responses