१० रुपैयाँ दिएर बालिका बलात्कार !


२८ वैशाख, विराटनगर । १० रुपैयाँ दिएर बलात्कार गरिएकी ११ बर्षकी एक बालिकाको गर्भ ७ महिनाको भएपछि मात्र घटनाको खुलासा भएको छ । थाहा पाएपछि पीडित बालिकाका अभिभावकले अभियुक्तलाई कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएका छन् भने बलात्कार गर्ने झापा खुदुनाबारी १ सिस्नेका ४० बर्षका सुनेर विक फरार भएका छन् । स्थानीय बोडिङ स्कूलका बस चालक विकले ७ महिनाअघि ती बालिकालाई १० रुपैयाँको नोट दिएर आफ्नै घरमा लगि बलात्कार गरेका थिए । पीडित बालिकाका बुवा-आमा स्थानीय खोलामा गिटी कुटेर गुजारा गर्दै आएका छन् । छोरीले खुट्टा दुख्यो भन्ने गरेको र खुट्टा मिचिदिँदै जाँदा पेटमा सानो डल्लो भेटेपछि वैशाख ४ गते उनको पेटमा गर्भ रहेको खुलासा भएको हो । विपन्न पीडित पक्षतालाई कानुनी उपचारका लागि स्थानीइ सहनशील महिला सहकारी संस्थाले सहयोग गरेपछि मात्र वैशाख १० गते इलाका प्रहरी कार्यालय अनारमनीमा जबर्जस्ती करणीको मुद्दा दर्ता गरिएको कान्तिपुर दैनिकमा खबर छ । पीडित बालिका स्थानीय विद्यालयमा कक्षा तीन मा अध्ययनरत छिन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.