अफगानिस्तानको घान्जीमा बम विस्फोट, चारको मृत्यु


२४ वैशाख, काठमाण्डौ । अफगानिस्तानको घाज्नी प्रान्तमा एक प्रहरी भ्यानमा बम विस्फोट हुँदा कम्तीमा पनि चारजना प्रहरीको ज्यान गएको छ । सडककिनारमा राखिएको बम विष्फोट हुँदा भ्यानमा सवार चार प्रहरीको मृत्यु भएको प्रान्तीय प्रशासनका प्रवक्ता नाबी जानले जानकारी दिनु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । घाज्नी प्रान्तको प्रान्तीय राजधानी घाज्नी सहरको बाहिरी इलाका जावार्दालमा सरकारको विरोधमा युद्ध गरिरहेका आतङ्ककारीले सडक किनारको बम राखेको हुन सक्ने आशंका गरिएको छ । यद्धरत तालिवानी आतङ्ककारीले एक साता अघिमात्रै गृष्मकालीन आक्रमणको घोषणा गरेका थिए । भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.