निर्वाचन केन्द्रित हिंसामा मृत्यु हुनेका संख्या २३ पुग्यो


२४ वैशाख, काठमाण्डौ । पाकिस्तानको उत्तरपश्चिमी कुराम आदिवासी क्षेत्रमा सोमवार भउकोबम विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । अधिकारीहरूले मंगलबार दिएको जानकारी अनुसार कुराम आदिवासी क्षेत्रमा तालिवान समर्थक दल जमियात-ए-उलेमा इस्लामको निर्वाचन सभामा सो बम विस्फोटन गराइएको थियो । यस क्षेत्रका सरकारी प्रशासक जावेद खानले यस आक्रमणका कारण ६७ व्यक्ति घाइते भएको बताउनु भएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकोले मृतकको सङ्ख्या बढ्न सक्ने अस्पताल स्रोतले जनाएको छ । यस आक्रमणको पाकिस्तानी तालिवानी आतङ्ककारी जिम्मा लिएको जनाइएको छ । पाकिस्तानको ओराक्जाई आदीवासी इलाकाका एकजना वरिष्ठ आदीवासी राजनीतिज्ञ जमियात-ए-उलेमा इस्लाम पार्टीबाट निवार्चनमा सहभागी हुन लाग्नु भएको विरोधमा सो आक्रमण भएको समाचारमा उल्लेख छ । खानले यस आक्रमणमा दलका दुई नेता जोगिएको पनि बताउनु भएको छ । सो आन्दोलन जारी नै रहेको पनि समाचारमा जनाइएको छ । रासस/एएफपी भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.