कुकुरले मान्छे होइन मान्छेले कुकुर टोक्यो
भिडियोको लागी तल क्लिक गर्नुहोला 
 कुकुरले मान्छेलाई टोकेको घटना त नौलो  होइन । तर मान्छेले कुकुरलाई टोक्यो भने त्यो साँच्चीकै अनौठो र नौलो कुरा  हो । यस्तै नौलो, अनौठो तथा सुन्दै अचम्म र अपत्यारिलो लाग्ने घटना  अमेरिकामा भएको छ । अमेरिकामा एक जना पुरुषले कुकुरलाई टोकेका छन् । उनले  कुकुरलाई त्यसै टोकेका होइनन् । त्यो हिंश्रक जन्तुले आफ्नी श्रीमतीमाथि  आक्रमण गर्न थालेपछि श्रीमतीलाई बचाउन उनले कुकुरलाई टोकेका हुन् ।
इ
ओवाको  ग्रिम्स क्षेत्रमा बस्ने क्यारेन हेनरीलाई घरमै बसिरहेको बेलामा एउटा  बडेमाको कुकुर दौडँदै उनिमाथि झम्टिन आएछ । उनलाई झम्टिएर लडाएपछि त्यो  कुकुर क्यारेनको घरमा पालेको कुकुरलाई आक्रमण गर्न गएछ । भाग्यले त्यहीँ  बेला क्यारेनका लोग्ने लेइन टुप्लुक्क आइपुगेछन् । बडेमाको अपरिचित कुकुरले  आफ्नी श्रीमतीलाई आक्रमण गरी लडाएर रगतपच्छे बनाएको र घरको कुकुरमाथि पनि  जाइ लागेको देखेर उनी रिसले आगो भएछन् र त्यो आक्रमणकारी कुकुरमाथि  झम्टिएछन् ।
ओवाको  ग्रिम्स क्षेत्रमा बस्ने क्यारेन हेनरीलाई घरमै बसिरहेको बेलामा एउटा  बडेमाको कुकुर दौडँदै उनिमाथि झम्टिन आएछ । उनलाई झम्टिएर लडाएपछि त्यो  कुकुर क्यारेनको घरमा पालेको कुकुरलाई आक्रमण गर्न गएछ । भाग्यले त्यहीँ  बेला क्यारेनका लोग्ने लेइन टुप्लुक्क आइपुगेछन् । बडेमाको अपरिचित कुकुरले  आफ्नी श्रीमतीलाई आक्रमण गरी लडाएर रगतपच्छे बनाएको र घरको कुकुरमाथि पनि  जाइ लागेको देखेर उनी रिसले आगो भएछन् र त्यो आक्रमणकारी कुकुरमाथि  झम्टिएछन् ।उनले त्यो कुकरलाई पिटपाट गर्नुको साथसाथै  रिसको झोँकमा उसको नाकमा नराम्ररी टोकिदिए । कुकुरले आफ्नी श्रीमतीको  नाकमा नराम्ररी झम्टिएर ठूलै घाउ बनाइदिएको झोँकमा उनले कुकुरमाथि अनौठो  धावा बोले र लखेटे पनि । अन्त्यमा श्रीमती र घरको कुकुरलाई गाडिमा हालेर  अस्पताल कुँदाइहाले ।
भिडियोको लागी तल क्लिक गर्नुहोला 


0 comments
Write Down Your Responses