पुरुष गुप्तांग बारेका ५ रोचक तथ्य

पुरुषको यौनांग अर्थात् लिंग पुरुष प्रजनन प्रणालीको एक अभिन्न अंग हो । यसको जतन तथा सरसफाइमा गच्छे अनुसार सबैले ध्यान दिएकै हुन्छन् । तर यो अंगका बारेमा केही त्यस्ता गम्भीर विषयहरु छन् जसको बारेमा धेरैलाई थाहा हुँदैन र जानी नजानी हेलचेक्राइ भैरहेको हुन्छ । लिंगबारेका ५ रोचक तथ्य यस्ता छन्-
linga
लिंग भाँचिन सक्छ - लिंगमा हाड नहुने भएकाले यो हातखुट्टा जस्तै गरी भाँचिने चाहीँ होइन । तर लिंगमा यस्तो मांशपेशी हुन्छ जो उत्तेजनाका बेला निकै कडा भैदिन्छ र सामानय अवस्थामा निकै फितलो हुन्छ । यस्तो मांशपेशी सरीरको अरु भागमा हुँदैन । सम्भोगका बेला होसियारी नअपनाउने हो भने र जोर जबरजस्ती गर्ने हो भने यो मांसपेशीमा असर पुग्नसक्छ । सम्भोगका बेला मात्र होइन लिंगलाई बढि दबाब पर्नेगरी हस्तमैथुन गर्दा समेत लिंगको मांशपेशी टुट्ने वा फ्याक्चर हुने सम्भावना हुन्छ ।
बढि चिसो पानी लिंगका लागि शत्रु- नुहाउँदा बढि चिसो पानीको प्रयोग गर्नुहुँदैन । यसले लिंगको तल्लो भागलाई एक्कासी बढि चिसो बनाउँदछ । यसले अण्डकोषमा समेत नकारात्मक असर पुग्न गई विर्य तथा शुक्रकिटको निर्माण हुने प्रक्रियामा असर पुग्छ । बढि तातो पानीले नुहाउनु वा तातो वस्तु लिंगमाथि राख्नु पनि हानिकारक हुन्छ ।
लिंगको आफ्नै मस्तिष्क हुन्छ- यो कुरा अपत्यारिलो लाग्नसक्छ । लिंगको पनि आफ्नै दिमाग होला र ? किन नहुनु । यस्तो दिमाग लिंगमै नहुने भएपनि हाम्रो मस्तिष्कको एक भाग केवल लिंगसँग मात्र सम्बन्धित हुन्छ । अर्थात् पुरुषको मस्तिष्कमा एक भाग लिंगको निजि भागको रुपमा रहेको हुन्छ । यहीँ भागले लिंगको क्रियाकलाप नियन्त्रण गरिरहेको हुन्छ । यहीँ भागले लिंगलाई उत्तेजित गराउने तथा शान्त पार्ने क्रियामा भूमिका खेल्छ ।
सामान्यतया जब व्यक्तिमा उत्तेजना वा यौनेच्छा पैदा हुँदैन तब लिंगमा कडापन आउँदैन । वयस्क व्यक्तिमा लिंग उत्तेजित हुनु अनिवार्य विषय हो । यदि तपाइँको लिंगमा कडापन आउँदैन भने बुझ्नुहोस् तपाइँमा कुनै समस्या छ । यो गम्भीर कुरा हो । यो समस्यालाई इरेक्टाइल डिसफंक्सन भनिन्छ । त्यसैले यसको समयमै उपचार आवश्यक हुन्छ ।
लिंग बढि बांगो हुनु पनि एक रोग हो । यसलाई पेरोनी भनिन्छ । यो रोग लागेका मान्छेको लिंग बढि बांगो हुनेमात्र होइन उत्तेजनामा समस्या आउनुका साथै पोल्ने, कत्ला आउने जस्ता समस्या देखा पर्छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.