थाहा छ तपाइलाई सहरिया महिलाको स्तन किन ठुलो हुन्छ ???

परिवर्तित जीवनशैली, बदलिँदो खानपान, शारीरिक गतिविधिमा कमी आदिले गर्दा सहरमा बस्ने महिलाहरूमा स्तन क्यान्सरको समस्या गाउँमा बस्नेहरूको दाँजोमा बढी पाइने गरेको छ । सहरिया महिलाहरूलाई स्तन क्यान्सरबारे थप चनाखो हुन ढिलो भइसकेको विशेषज्ञहरूले औंल्याएका छन् । ‘भारतका मुम्बई, दिल्ली, बेङलुरुजस्ता मेट्रो सहरमा स्तन क्यान्सरको मामिलामा सन् १९८२ देखि २००५ का बीच दोब्बर बढोत्तरी भएको छ,’ मुम्बईस्थित लीलावती अस्पतालका कन्सल्टेन्ट मेडिकल अंकोलजिस्ट र इन्डियन सोसाइटी अफ अंकोलजीका संयुक्त सचिव डा. दिनेश पेंढारकर भन्छन्, ‘नेपालको सहरी क्षेत्रमा पनि यस्तै अवस्था रहेको सजिलै अनुमान गर्न सकिन्छ किनभने भारत र नेपालका सहरी महिलाको जीवनशैली खासै फरक छैन ।’ आधुनिक जीवनशैली यसको प्रमुख कारण रहेको उनी बताउँछन् । ‘हो, नेपालको सहरी क्षेत्रमा समेत स्तन क्यान्सर बढ्दो छ,’ त्रिवि शिक्षण अस्पताल, स्तन शल्यचिकित्सक प्रकाश सायमी भन्छन्, ‘यसको सम्बन्ध दिनचर्या र खानपानसँग छ ।’ जीवनशैलीसँग जोडिएको स्तन क्यान्सर नेपालका महिलामा विदेशको दाँजोमा दस वर्ष कम उमेरमै पाउने गरिएको डा. सायमी बताउँछन् । 
 
स्तन क्यान्सर सम्बन्धी नौ सय केसको अध्ययन गरेका उनका अनुसार, यो समस्या देखिने औसत उमेर ४८ वर्ष हो । तर ३० वर्षका २२ प्रतिशत नेपाली युवतीमा पनि स्तन क्यान्सर पाइएको तथ्यांक छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनकी मेडिकल रेकर्डर ज्योति झाका अनुसार, उक्त अस्पताल पुग्ने सबै क्यान्सर रोगीमध्ये आठ प्रतिशत स्तन क्यान्सरका हुने गरेका छन् । स्तन क्यान्सर महिलालाई दोस्रो सबैभन्दा बढी हुने क्यान्सर हो । ६१ प्रतिशत स्तन क्यान्सरका रोगी ३५ देखि ५५ वर्ष उमेर समूहका हुने गरेका छन् । डा. पेंढारकरका अनुसार, सहरका ढिलो बिहे हुन्छ र सहरिया महिलाले ढिलै गर्भधारण पनि गर्छन् । गर्भावस्थाको पूरा प्रक्रियामा थुप्रै हार्मोन उत्सर्जित हुन्छ । यस्तो हार्मोन स्तन क्यान्सरलाई रोक्न सहयोगी मानिन्छ । त्यसैले त्यसको लाभ ढिलो बिहे गर्नेहरूले त्यति लिन पाउँदैनन् । ‘सहरी महिलामा व्यायाम कम छ, बच्चाको संख्या कम छ, बच्चा ढिलो जन्माइन्छ, स्तनपान कम गराइन्छ, गर्भधारण रोक्न हार्मोन -पिल्स) को प्रयोग गरिन्छ,’ सहरिया महिलामा स्तन क्यान्सर बढी देखिने कारण औंल्याउँदै उनी भन्छन्, ‘पहिले रजस्वला चौध-पन्ध्र वर्षमा हुने गरे पनि हाल त्यो उमेर नौ/दसमा झरेको छ ।’ केही वर्षयता सहरी क्षेत्रको खानपानमा व्यापक परिवर्तन भएको छ । सेकुवा, पिज्जा जस्ता फास्टफुड, पि|mजमा राखिएका खाद्य पदार्थको व्यापक उपयोगले ल्याएको जीवनशैलीमा परिवर्तनसँगै मोटोपना क्यान्सरको ठूलो कारण हो । ‘सहरिया महिलामा शारीरिक गतिविधि ग्रामीण महिलाको दाँजोमा धेरै कम छ,’ डा. पेंढारकर भन्छन्, ‘शारीरिक गतिविधि बढाए क्यान्सरको जोखिम कम गर्न सकिन्छ । यस्तै, सहरिया महिलाहरूले भोजनमा चिल्लो पदार्थको मात्रा कम गर्नुका साथै शरीरको तौल घटाउनुपर्छ । नियमित स्तन परीक्षण आफैंले गर्ने गर्नुपर्छ । परिवारमा कसैलाई यस्तो रोग भएको छ भने अरूले पनि निकै सचेत हुनुपर्छ, किनभने त्यसले जोखिम बढाउँछ ।’ स्तन क्यान्सरको सुरुआती लक्षण स्तनमा हुने गाँठो हो । तर विडम्बना के छ भने, गाउँघर मात्र नभई सहरमा समेत स्तनमा गाँठोबारे चर्चा गर्न लाज मान्ने प्रचलन छ । यद्यपि स्तनमा पाइने सबै गाँठाहरू क्यान्सरै हुन् भन्ने हुँदैन । यसैले त्यस्तो गाँठोबाट डराउनुपर्दैन । 
 
भिडियोको लागी तल क्लिक गर्नुहोला
डा. पंेढारकर भन्छन्, ‘सयमध्ये ९९ गाँठो क्यान्सर हुँदैन । औसत महिलामा स्तनमा गाँठो सामान्यसमेत मानिन्छ । यो महिनावारीसँगै आउँछ र जान्छ ।’ प्रा.डा. सायमीका अनुसार, स्तन क्यान्सरको त्यस्तो गाँठो नदुख्ने भएकोले महिलाहरू बेलैमा चिकित्सककहाँ जाँदैनन्, दुुई/तीन महिनापछि मात्र धाउँछन् । डा. पेंढारकर भन्छन्, ‘कुनै लक्षण देख्नासाथ तपाईं जति छिटो अस्पताल पुग्नुहुन्छ, स्तन क्यान्सर निको हुने सम्भावना त्यति नै हुन्छ । त्यसैले जतिखेर गाँठो भेट्नुहुन्छ, त्यति बेलै चिकित्सककहाँ गइहाल्नुस्, त्यो जुनसुकै स्टेजमा होस्, त्यसले कुनै फरक पार्दैन, उपचार सुरु गरिहाल्नुपर्छ । रोगी जति छिटो चिकित्सकको सम्पर्कमा आउँछन्, उपचार त्यति नै छोटो हुनुका साथै खर्चसमेत कम छ । हालका दिनमा क्यान्सर कुनै पनि अवस्थामा निको हुन सक्छ ।’ स्तनमा गाँठो भेटिँदैमा डराउनुपर्दैन । क्यान्सरमा रोगको अवस्था बिरामीका लागि महत्त्वपूर्ण हँुदैन । तैपनि लक्षण थाहा हुँदाहुँदै घरमा बसेर समय खेर फाल्नु हुन्न । जति छिटो उपचार प्रक्रियामा लाग्यो, त्यति राम्रो । स्तन क्यान्सरको उपचार पाँच वर्षसम्म चल्छ । स्तनमा गाँठो देखेपछि चिकित्सकहरूले फाइन निडिल एस्पिरेसन साइटोलजी -एफएनएसी) गर्छन् । यसले क्यान्सर भए-नभएको थाहा हुन्छ । यसपछि बायोप्सीको रिपोर्ट हेरिन्छ । बायोप्सीपछि सामान्यतः गाँठो छोटो भए शल्यक्रिया गरिन्छ । डा. पेंढारकरका अनुसार, यसपछि रेडियोथेरापी, किमोथेरापी गरिन्छ । औषधि र हार्मोनसम्बन्धी थेरापी ५ वर्षसम्म गर्नुपर्ने हुन्छ । ५ वर्षपछि मात्र निको भएको भन्न सकिन्छ । स्तन क्यान्सर एकचोटि उपचारपछि फेरि र्फकने सम्भावनासमेत हुन्छ । तर समयसँगै त्यसको सम्भावना घट्दै जान्छ । वरिष्ठ क्यान्सर विशेषज्ञ डा. राजेन्द्रप्रसाद बराल भन्छन्, ‘स्तन क्यान्सरको उपचार गराइरहेकाहरूले नियमित रूपमा चिकित्सकको सम्पर्कमा रहनुपर्छ । रोग पुनः फर्किए आत्तिनुपर्दैन ।’ 
 
महिलाले प्रत्येक महिना आफैले आफनो स्तन जाँची त्यसमा गाँठागुठी भएनभएको ठम्याउने गर्नुपर्छ । शंका लागे तुरन्त चिकित्सककहाँ जानुपर्छ । वर्षेनि एकपटक अस्पताल पुगेर स्तन परीक्षण गराउँदा ढुक्क हुन पाइन्छ । आफैंद्वारा परीक्षण स्तनमा गाँठो ठम्याउने सबैभन्दा राम्रो तरिका आफंैले आपmनो स्तनको जाँच गर्नु हो । स्त्री रोग क्यान्सर विशेषज्ञ डा. सरिता घिमिरे भन्छिन्, ‘महिनामा एकचोटि सबै महिलाले आपmनो स्तन आफैंले परीक्षण गर्नुपर्छ ।’ यसका लागि भने महिनावारी भएको चौथो वा पाँचौं दिन नुहाउँदाताका वा ऐनाअगाडि उभिएर स्तनमा गाँठागँुठी छन् कि, छालाको रंग परिवर्तन भएको छ कि, स्तनको मुन्टो भित्र पसेको छ कि, सुन्निएको छ कि भनेर हेर्ने गर्नुपर्छ । ‘शंका लागे तुरुन्त कुनै विशेषज्ञको सल्लाह लिनुपर्छ,’ उनको सुझाव छ, ‘स्तनको छालामा प्वाल वा चाउरी वा तन्काइ देखिए यथाशीघ्र चिकित्सकको सल्लाह लिनुपर्छ ।’
भिडियोको लागी तल क्लिक गर्नुहोला

, , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.